१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राप्रपाले वैशाखसम्ममा सबै जिल्लाको अधिवेशन गर्ने

Logo
जनचर्चा संवाददाता

काठमाडौँ,१४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाखभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरको छ ।

पार्टीको आइतबार काठमान्डौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले सबै जनवर्गीय सङ्गठनका अधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। माघ ११ गतेदेखि बसेको बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै राजनीतिक प्रतिवेदन, आर्थिक र साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको उनले बताए ।

पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्रलगायत विषयवस्तुमा दबाब दिन प्रदेश र जिल्ला तहमा आगामी फागुनमा जनपरिचालन गर्ने निर्णय गरेको छ । भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको बैठकले सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन असफल भएको निष्कर्ष निकालेको छ ।

बैठकमा वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]