०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

नेका केन्द्रीय सदस्य पराजुलीले बाँडे संखुवासभा बाह्रबिसेका आगलागि पिडितलाई राहत

Logo
जनचर्चा संवाददाता

संखुवासभा,१६ माघ । नेपाली कांग्रेसले संखुवासभा सभापोखरि बाह्रबिसेका आगलागि पिडितहरुलाई राहत वितरण गरेको छ । स्थानिय कांग्रेस कार्यकर्ताद्धारा संकलित ४ लाख ८४ हजार ४ सय ४७ रुपैया नगद आगलागि पिडितहरुलाई प्रदान गरिएको हो । कांग्रेसको १ सय दिने अभियान अन्तरगत संखुवासभा पुगेका नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उक्त रकम हस्तान्तरण गरेका थिए ।

सभापोखरी गाउँपालिका–६ स्थित बजारमा माघ २ गते दिउँसो भएको आगलागीमा परि १७ घर जलेका थिए । आगलागिमा लाखौं रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष जितेन्द्र वनेम लिम्बूले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभएपछि घर पूर्णरुपमा जलेको थियो । अभियान अन्तरगत पुगेका नेता पराजुलीले जनताको घरदैलोमा पुग्ने र समस्या सुन्ने काममा कांग्रेस लागेको वताए ।

आगलागिबाट भएको क्षतिप्रति उनले दुःख व्यक्त गरेका थिए । मानवीय त्रुटीका कारण हुने दुर्घटना र भइपरि आउने भवितव्य समाधानका लागि आवश्यक व्यवस्थापनमा जुट्नु आजको आवश्यकता भएको उनले औल्याए । कोशी प्रदेशका सांसद समेत रहेका पराजुलीले केही समय अगाडि प्रदेश सरकारलाई आगलागि पिडित परिवारलाई राहत प्रदान गर्न पनि आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]