२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (17 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 188600
Silver 1 Tola Nrs. 1980

अधिवेशनमा होमियो राप्रपा मोरङ

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, फाल्गुण ०४, २०८१

विराटनगर,४ फाल्गुन ।  राप्रपा मोरङले अधिवेशनको तयारी थालेको छ । पार्टीको गत शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले फाल्गुन र चैत्र भरिमा वडा र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले फाल्गुन मसान्त सम्ममा जिल्लाका सम्पूर्ण वडा समितिहरुको अधिवेशन सम्पन्न गरि चैत पहिलो हफ्ता भित्र सम्पूर्ण १७ वटा पालिकाको अधिवेशन, चैत्र दोस्रो हफ्ता भित्र १२ वटा प्रादेशिक अधिवेशन र चैत्रको तेस्रो हफ्ता ६ वटा क्षेत्रीय अधिवेशन गर्ने र तत्पश्चात जिल्ला अधिवेशनको मिति तय गर्ने निर्णय भएको राप्रपा मोरङका जिल्ला प्रवक्ता संजय बिक्रम अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]