२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

युवामा रहेको प्रतिभा प्रस्फुटन गराउन “हामी युवा” सक्रिय

Logo

विराटनगर, भाद्र ३१
विराटनगरमा युवाहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन सक्रिय विराटनगरको हामी युवा नामक संस्थाको आयोजनामा मेरो भविष्य मेरो हातमा विषयक सामुदायिक विद्यालयस्तरीय वकितत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विराटनगर क्षेत्रका सामुदायिक विद्यालयका ३१ जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट पाँच जनाले पुरस्कार प्राप्त गरेका छन् । संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार वितरण गरेको थियो ।

अध्यक्ष कार्की

जसमा गायत्री संस्कृत माविकी सीमा पाथीभरा प्रजा प्रथम भइन । अन्य चारजना विजयीमा रीना काम जनपथ मावि, दिप तामाङ जनता नमूना मावि, कुमकुम मिश्र आदर्श बालिका मावि र सुरज मुर्मु आदर्श मावि का छन् ।
प्रतियोगिताको उत्कृष्टलाई नगद २ हजार, अन्यलाई १ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरिएको थियो । संस्थाकी अध्यक्ष जीना कार्कीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको निर्णायक पत्रकार कुमार लुइँटेल, बहिरा मावि विराटनगरकी प्रधानाध्यापक मिनु दाहाल र रेडियोकर्मी लिना थापा थिए ।
अध्यक्ष कार्कीले सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको प्रतिभा परीक्षणसंगै उनीहरुलाई अवसर प्रदान गर्न यस किसिमको प्रतियोगिता आयोजना गरिएको बताइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]