२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

दलित महिलाको अवस्थामा सुधार, तर पर्याप्त छैन: सरोकारवालाहरू

Logo
आकृति रानी फुयल

दलित महिलाको अवस्थामा क्रमिक सुधार देखिए पनि थप प्रयास आवश्यक

विराटनगर, फागुन १६ । बिहिबार दलित महिला संघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले दलित महिलाहरूको अवस्थामा विगतको तुलनामा सुधार आएको बताएका छन्। तर उनीहरूले यस्तो सुधार अझै पर्याप्त नभएको र थप प्रयास आवश्यक रहेको पनि औंल्याएका छन्।

कार्यक्रममा सहभागीहरूले विपन्न दलित समुदायका महिलाहरूको सहभागिता सुनिश्चित गर्न थप ध्यान दिनुपर्ने र दलित समुदायभित्रै रहेका विभेदहरू हटाउनुपर्नेमा जोड दिए। सहभागीहरुले संघका गतिविधिहरूले दविएका समुदायलाई समाजमा स्थापित बनाउन मद्दत गरेको भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको सुझाएका थिए।

दलित महिला संघ कोशी प्रदेशकी अध्यक्ष पाण्डु परियारका अनुसार यो कार्यक्रम विकासमा दलित महिलाको मूलप्रवाहीकरण तथा सशक्तिकरण र समावेशीकरणको सवालमा छलफल गर्न आयोजना गरिएको थियो। उनले संघले दलित महिलाहरूको हकअधिकारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमको सहजीकरण सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दुर्गा बरालले गरेकी थिइन्। कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेशसभा सदस्य, जनप्रतिनिधि र दलित संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]