०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सामूहिक लगानी कोषको अवसर र चुनौतीबारे रोट्रयाक्ट सदस्यहरूलाई प्रशिक्षण

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन १८ ।  रोट्रयाक्ट क्लब अफ विराटनगरले सिद्धार्थ क्यापिटलको सहकार्यमा शनिबार आफ्ना सदस्यहरूलाई सामूहिक लगानी कोष (Mutual Fund) सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ। क्लबको विराटनगर सिडिओ कार्यालय नजिक अवस्थित आफ्नै भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा सिद्धार्थ क्यापिटलका अफिसर प्रकाश सुवेदीले सामूहिक लगानी कोषको वर्तमान अवस्था, भविष्य र यसमा लगानीका अवसरहरूबारे प्रशिक्षण दिएका थिए। साथै, ओपन इण्डेड फण्ड अन्तर्गतको व्यवस्थित लगानी योजना (SIP)बारे समेत सहभागीहरूलाई जानकारी गराएका थिए।

क्लबका अध्यक्ष प्रेम पारकको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जनचर्चा डटकमका प्रकाशक तथा सम्पादक दिनेश खड्का, क्लबका निवर्तमान अध्यक्ष अरोस पौडेल, रोट्र्याक्ट क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष कौशल साह, सोही क्लबका डाउनटाउनका अध्यक्ष दिक्षान्त देव र रोट्र्याक्टकै नोबलका अध्यक्ष आर्यन शर्माको उपस्थिति रहेको थियो।

त्यस्तै, क्लबका उपाध्यक्ष रितेश अग्रवाल, आईएसडी अनुभव बस्नेत, सचिव कौशिला भट्टराई, कोषाध्यक्षद्वय अनिल रौनियार र सन्दिप रौनियार, आईटी संयोजक स्लोक कोइराला, सदस्यहरू जुनु राई, अंकिता मगर, सिजन कोइराला, एलिजा मरिक, रंजना साह, अमन कर्ण लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]