१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सामूहिक लगानी कोषको अवसर र चुनौतीबारे रोट्रयाक्ट सदस्यहरूलाई प्रशिक्षण

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन १८ ।  रोट्रयाक्ट क्लब अफ विराटनगरले सिद्धार्थ क्यापिटलको सहकार्यमा शनिबार आफ्ना सदस्यहरूलाई सामूहिक लगानी कोष (Mutual Fund) सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ। क्लबको विराटनगर सिडिओ कार्यालय नजिक अवस्थित आफ्नै भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा सिद्धार्थ क्यापिटलका अफिसर प्रकाश सुवेदीले सामूहिक लगानी कोषको वर्तमान अवस्था, भविष्य र यसमा लगानीका अवसरहरूबारे प्रशिक्षण दिएका थिए। साथै, ओपन इण्डेड फण्ड अन्तर्गतको व्यवस्थित लगानी योजना (SIP)बारे समेत सहभागीहरूलाई जानकारी गराएका थिए।

क्लबका अध्यक्ष प्रेम पारकको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जनचर्चा डटकमका प्रकाशक तथा सम्पादक दिनेश खड्का, क्लबका निवर्तमान अध्यक्ष अरोस पौडेल, रोट्र्याक्ट क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष कौशल साह, सोही क्लबका डाउनटाउनका अध्यक्ष दिक्षान्त देव र रोट्र्याक्टकै नोबलका अध्यक्ष आर्यन शर्माको उपस्थिति रहेको थियो।

त्यस्तै, क्लबका उपाध्यक्ष रितेश अग्रवाल, आईएसडी अनुभव बस्नेत, सचिव कौशिला भट्टराई, कोषाध्यक्षद्वय अनिल रौनियार र सन्दिप रौनियार, आईटी संयोजक स्लोक कोइराला, सदस्यहरू जुनु राई, अंकिता मगर, सिजन कोइराला, एलिजा मरिक, रंजना साह, अमन कर्ण लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]