२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराट गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, फागुन १९ ।  आज सोमबारदेखि विराटनगरमा ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता शुरु हुँदैछ। आयोजक समितिका संयोजक नवीन रिजालका अनुसार, शहीद रंगशालामा आयोजना हुने यस प्रतियोगितामा भारतका दुई टोली र नेपालका विभागीय टोलीसहित कुल १० टिम सहभागी हुनेछन्।

 

प्रतियोगिता सञ्चालनका लागि अनुमानित एक करोड ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। पुरस्कार रकम निम्नानुसार रहेको छ:

  • विजेता टिम: ११ लाख रुपैयाँ नगद
  • उपविजेता टिम: ५ लाख रुपैयाँ
  • उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ता: प्रत्येकलाई १५ हजार रुपैयाँ
  • दैनिक खेलका उत्कृष्ट खेलाडी: ११ हजार रुपैयाँ
  • सर्वोत्कृष्ट खेलाडी: ५१ हजार रुपैयाँ

यस प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ र मोरङ उद्योग व्यापार संघ रहेका छन्।

आज साँझ साढे ६ बजेदेखि हुने उद्घाटन खेल मोरङ र कोलकाताबीच खेलाइनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]