१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मौसम लिम्बुको निर्णायक गोलमा रिजाल्को मोरङ विजयी, साउथर्न समिति ३-२ ले पराजित

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, फाल्गुण २०, २०८१

विराटनगर,फागुन २० — सोमबारदेखि सुरु भएको विराट गोल्डकपको उद्घाटन खेलमा आयोजक रिजाल्को मोरङ एफसीले भारतको साउथर्न समिति फुटबल क्लब कोलकतालाई ३-२ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

विराटनगरस्थित शहीद मैदानमा भएको रात्रिकालीन खेलमा मौसम लिम्बुले निर्णायक गोल गरेर आयोजकलाई जित दिलाए। पहिलो हाफमा दुबै टोलीले २-२ गोल गरेका थिए।

खेलको ११औं मिनेटमा आयोजकका अभिषेक गुरुङले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए। त्यसको चार मिनेटमै पाहुना टोलीका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा साउथर्नका अनिमेसले हेडमार्फत गोल गरी १-२ को अग्रता बनाए। तर पहिलो हाफको अन्त्यतिर आयोजकले पेनाल्टीको अवसर पाएको थियो, जसलाई दोर्जे तामाङले सदुपयोग गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

साउथर्न समितिका दुई खेलाडीले पहिलो हाफको अन्त्यतिर रातो कार्ड पाएपछि खेल केही समय तनावपूर्ण बनेको थियो। नौ खेलाडीमा सीमित भएपनि दोस्रो हाफमा साउथर्न समितिले उत्कृष्ट प्रदर्शन गरे। तर ८९औं मिनेटमा मौसम लिम्बुले निर्णायक गोल गर्दै आयोजकलाई ३-२ को जित दिलाए। उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

नवौं संस्करणको यस प्रतियोगितामा भारतका दुई टोलीसहित ‘ए’ डिभिजनका १० टिमबीच प्रतिस्पर्धा हुनेछ। विजेताले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

मंगलबार हुने खेलमा भारतको सुभेदा दिल्ली फुटबल क्लब र नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुने गोल्डकप संयोजक नवीन रिजालले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]