०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराट गाेल्डकप : थ्रीस्टार फाइनलमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो ।

जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए ।
दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरि अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१ औं मिनेट भयो । नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।

आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १ –१ गोल फर्काए । नवयुगले खेलको ८३ औं मिनेटमा गोल गरे । दोस्रो गोल पेलान्टी सुटआउट बाट आर्मीका निरज चौधरीले गरे । आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।
जितसँगै उपाधिको लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो हाफमा २–० गोलले पछि परेपछि आर्मी दबावमा पर्यो । पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो । खेल बराबरीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएपनि आर्मीले पाएको अवसर खेर फाल्दा सेमिफाइलनबाट घर फर्किन बाध्य भयो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेल अवधिभरीमा आर्मी एक दर्जन प्रहार विफल भएको थियो । आर्मीको कप्तान नवयुग श्रेष्ठको आधा दर्जन प्रहारमा थ्रीस्टारका डिफेन्डर र गोलकिपर बाधक बनेका थिए ।
आर्मीका फत्तेमान घलेले २२ औं मिनेटमा गरेको प्रहार बारमाथिबाट बाहिरियो । २८ मिनेटमा आर्मीका कप्तान नवयुक श्रेष्ठले गरेको कडा प्रहार थ्रीस्टारका गोल रक्षक बिवेक मगर बाधक बने । कप्तान श्रेष्ठले गरेको बारम्बारको कडा प्रहार थ्रीस्टारका गोल किपर मगरले बिफल पारिदिए । ५६ औं मिनेटमा आर्मीका निरज चौधरीले निकालेको क्रस पासलाई नवयुगले किलियर गर्न नसक्दा गोल हुन सकेन् । निरज चौधरीले ७० औ मिनेटमा डिबक्स भित्रबाट नवयुगलाई निकालिएको बललाई किलियर गर्न सकेनन् ।
त्यसपछि आर्मीले कुनै अवसर सिर्जना गर्न नसक्दा उपाधि होडबाट बाहिरियो । प्रतियोगिताको प्लेयर अफ द म्याच थ्रीस्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए । उनले नगद ११ हजार पाए ।
२०७४ सालमा पनि थ्री स्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–० गोलले हराउँदै उपाधि उचालेको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]