२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

थ्रीस्टार बन्यो विराट गोल्डकप २०८१ को च्याम्पियन

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।
थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नविन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । थ्रीस्टारले दोस्रो गोल ६३ औ मिनेटमा गर्यो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भए ।
उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपबिजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो ।
थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।
चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजले बलियो चुनौती पेस गर्न सकेनन् ।
प्रतियोगिताको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान एकराज बुढाथोकी घोषत भए । उनले नगद ११ हजार पाए । विधागत पुरस्कारमा पनि थ्रीस्टारको बर्चश्व कायम भयो । उत्कृष्ट प्रशिक्षकमा थ्रीस्टारका गणेश खड्का घोषित भए । त्यसैगरी बेस्ट गोलकिपर थ्रीस्टारका विवेक मगर, हाइस्कोर थ्रीस्टारका दिपेश घले घोषित भए । प्रतियोगिताभरीमा उनले दुई गोल गरेका थिए । उनीहरुले जनही नगद १५ हजार पाए । बेस्ट प्लेर अफ टुर्नामेन्ट थ्रीस्टारका खेम राज श्रेष्ठ घोषित भए । उनले नगद ५१ हजार पाए ।
थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको थियो । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो ।
यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो । बिजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भिम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,विराट गोल्डकपको संयोजक नविन रिजालगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]