२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

माओवादीले फेक च्याट प्रयोग गरी बदनाम गराउन खाेजेकाे ज्ञानेन्द्र शाहीको आरोप

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, चैत्र १३, २०८१

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् ।

पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए । त्यसपछि शाहीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यो काम माओवादी केन्द्रका कार्यकर्ताहरुले गरेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘मेरो भाइरल फेक च्याट माओवादीले यसरी बनाएका थिए। हामीलाई नैतिक पतन गराउन माओवादीका साथीहरू नक्कली मान्छे खडा गरेर नक्कली काम गर्दैछ। यस्ता नक्कली गतिविधि गर्न तत्काल बन्द गर्नुस् । सत्यको बाटोमा हिँड्नुस्। सबैलाई यसरी फेक च्याटबाट सुरक्षित र सवधान रहन अनुरोध गर्दछु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]