१३ मंसिर २०८२, शुक्रबार
28-11-2025 , Fri
Gold Silver Price (12 Mansir 2082, FRI)
Fine Gold 1 Tola NRs. 251100
Silver 1 Tola Nrs. 3360

ओली, लेखक र गुरुङलाई राजनीतिक गतिविधिमा रोक लगाउन रास्वपाको माग

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, आश्विन ०९, २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता छ–छैन भन्ने यथार्थ पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले रास्वपाको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते गर्ने निर्णय गरेको छ । सो बैठकमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनबारे छलफल हुने प्रवक्ता झाले बताए ।

साथै, २०४६ सालयता उच्च ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने, जेनजी आन्दोलनका क्रममा नेताहरूको घरमा भेटिएका अवैध नगद र सम्पत्ति सम्बन्धी तथ्य स्पष्ट पार्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जेनजी पुस्ता, नयाँ शक्ति र अभियन्तासँग संवाद एवं सहकार्य गर्न पुकार बमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बाचा पत्र तयार गर्न उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वमा सात सदस्यीय बाचा पत्र लेखन समिति गठन गर्ने निर्णय समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]

विराटनगर, मंसिर ५ ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजाका साथ नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको कान्तिपुर कलेजले सम्मान गरेको छ। विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल तीन विद्यार्थी सहित वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने ४३ विद्यार्थीहरूलाई सम्मान गरेको […]