१५ साउन २०८३, शुक्रबार
31-07-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा ५ करोड लगानीमा ‘विराट स्पोर्ट्स जोन’ मंसिर २७ देखि सञ्चालनमा

Logo
जनचर्चा संवाददाता

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको तयारी पूरा भएको र यसले प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशा दिने जानकारी गराएको छ ।

विराट स्पोर्ट्स जोनको मुख्य आकर्षणका रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट एकेडेमी रहेको छ । व्यवस्थापन पक्षका अनुसार यो नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमीमध्ये एक हो । एकेडेमीमा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिन राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सिद्धान्त लोहनीसहितको अनुभवी प्रशिक्षक टोली रहनेछ । बहु–पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहितको यो एकेडेमीले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतिभा उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

पूर्वाञ्चलमै पहिलोपटक ‘गो–कार्ट’
साहसिक र मनोरञ्जनात्मक खेल रुचाउनेहरूका लागि स्पोर्ट्स जोनले पूर्वाञ्चलमै पहिलोपटक ‘गो–कार्ट’ ट्र्याक सञ्चालनमा ल्याउने भएको छ । आधुनिक सुरक्षा मापदण्ड र व्यवस्थित ट्र्याक सहित सुरु हुन लागेको यो सेवाले सबै उमेर समूहका खेलप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ । स्पोर्ट्स जोनमा क्रिकेट र गो–कार्ट बाहेक अन्य विभिन्न खेलहरूको पनि सुविधा उपलब्ध गराइनेछ ।

फुटसल, ‘क्रीकसल’ क्रिकेट र फुटसलको हाइब्रिड, स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस खेल्न सकिनेछ । साथै, फुटबल तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम पनि अनुभवी प्रशिक्षकहरूको प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछन् । सेवाग्राहीलाई सहजता प्रदान गर्न २५ जनाभन्दा बढी कर्मचारी खटाइने व्यवस्थापनले जनाएको छ ।

 

विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि प्रसाद बजगाईंले खेलकुदलाई सुरक्षित र व्यावसायिक बनाउन खेलाडीहरूको बिमा योजना पनि ल्याइएको जानकारी दिए । उनका अनुसार यहाँ प्रशिक्षण लिने प्रत्येक खेलाडीको ५ लाख रुपैयाँ बराबरको जीवन बिमा गरिनेछ ।  एकेडेमीमा भर्ना हुनका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने मासिक शुल्क ३ हजार रुपैयाँ तोकिएको अध्यक्ष बजगाईंले बताए । खेलकुदसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै स्पोर्ट्स जोन परिसरभित्र शाकाहारी क्याफे सञ्चालनमा ल्याइएको छ ।

खेलमैत्री वातावरण कायम राख्न यस्तो अवधारणा ल्याइएको बताइएको छ । बजगाईंको अध्यक्षतामा रहेको सञ्चालक समितिमा सचिव नवराज काफ्ले, कोषाध्यक्ष राज ढकाल तथा सदस्यहरू अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेती रहेका छन् । यो टिमले स्पोर्ट्स जोनलाई सुरक्षित, सुव्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]