२१ जेठ २०८३, बिहिबार
04-06-2026 , Thu
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

एमाले विराटनगरको वनभोजः तिक्तता मेटेर एक हुने प्रण

Logo
जनचर्चा संवाददाता

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका थिए र यस वर्षपनि केहि वडा स्तरीय वनभोज कार्यक्रम भएपनि विराटनगरमा महानगर कमिटीले भने पहिलोपटक वनभोज कार्यक्रम राखेको हो । वनभोज कार्यक्रमको औपचारीक कार्यक्रमलाई सम्वोधन गर्दै महानगरका अध्यक्ष बलराम गिरी (नविन)ले भने ‘ यो कार्यक्रम भनेको नेकपा एमालेका सबै नेता कार्यकर्ताको आन्तरीक प्रतिष्पर्धाको तिक्तता यहि सिंघिया खोलामा बगाउन हो ।

हिजो आन्तरिक प्रतिष्पर्धामा कुनै कित्तामा लागेपनि अब नेकपा एमालेलाई जिताउने प्रण गर्न हो ।’ गिरीले यसरी सम्बोधन गर्दै गर्दा उपस्थित हजारौं एमाले नेता कार्यकर्ताले तालिले समर्थन गरे । यस्तै वनभोज कार्यक्रमको संक्षिप्त औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले नेकपा एमालेमाथि चौतर्र्फी आक्रमण भइरहेको उल्लेख गर्दै त्यसको कारण भने नेकपा एमालेको संविधानको रक्षा गर्नुपर्ने अडान, लोकतन्त्रको रक्षा र सम्मृद्ध नेपाल सुखी नेपालीको नारा सार्थ नहोस भन्ने नै रहेको बताउनुभयो । नेकपा एमाले हुँदा सम्म अरुको केहि नचल्ने देखिएपछि देशी विदेशी तत्वहरु नेकपा एमालेका विरुद्ध एकजुट भएर लागेको बताउनुभयो ।

घिमिरेले यति हुँदा पनि नेकपा एमालेको योगदान र नेपाली जनताको लागि निर्वाह गरेको भूमिका प्रति जनता सचेत छन् भन्ने बुझेर अहिले सामाजिक सञ्जालबाट अनेकन भ्रम छर्ने काम भइरहेको बताउनुभयो । उहाँले फागुन २१ मा निर्वाचन हुने आशंका अझै रहेको भन्दै भइहाले नेकपा एमाले पहिलो शक्ति बन्ने विश्वास ब्यक्त गर्दै सामाजिक सञ्जालका भ्रमबाट जोगिन सबैसँग आग्रह समेत गर्नुभयो । नयाँ भनिएका दलहरुके हालत १५ दिनभित्रै देखिएको तर्क गर्दै उहाँले लोकतन्त्र र जनताको पक्षमा लामो समय लडेको एमालेको भूमिका जनताले बिर्सन नसक्ने बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेतले अब नेकपा एमालेमा कुनै मतभेद नरहेको बताउँदै आगामी निर्वाचनमा एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेकपा एमाले एक ढिक्का भएर अघि बढ्दा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा विजय हासिल हुने बताउनुभयो ।

वनभोजमा उपस्थित नेकपा एमाले मोरङका सह सचिव सन्तोष वान्तवाले यो वनभोज मात्र नभएर नेकपा एमालेको परिवार भावनात्मक रुपमा एक बनाउने वातावरण भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेकपा एमालेको एकता कस्तो छ भन्ने यसले पुष्टि गरेको छ ।’ २ हजार भन्दा बढी नेता कार्यकर्ता उपस्थित भएको वनभोजमा नेकपा एमालेको ११ औं महाधिवेशनमा जिल्ला बाट निर्वाचित केन्द्रीय सदस्यहरुको सम्मान समेत गरिएको थियो । यस्तै विभिन्न खेलकुदका कार्यक्रमका साथै नाचगान समेत गरिएको नेकपा एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान शर्माले बताउनुभयो । वनभोजका लागि प्रति सदस्यले ५०० रुपैयाँ दायित्व वहन गरेको सचिव शर्माले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]