०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

झाडु कुचो बोकेरे नयाँ बानेश्वरका व्यापारी भोली सडकमा उत्रदै

Logo

काठमाडौं, आसोज १०
नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले शनिवार बृहत् सरसफाइको कार्यक्रम आयोजना गरेको छ । शनिवार (असोज ११) बिहान साढे ७ बजे शंखमुलबाट सरसफाइ कार्यक्रम सुरु हुने बताईएको छ ।
‘हाम्रो बानेश्वर राम्रो बानेश्वर’ अभियान अन्तर्गत हुने यो कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहने संस्थाका अध्यक्ष रामशरण गिरीले जानकारी दिए । अध्यक्ष गिरी भन्छन् “व्यापारीलाई सबैले नाफाखोर र कालोबजारी मात्र भनेर चिन्दै आएका छन्, त्यो मानसिकतालाई हामी चिर्न चाहन्छौं”
बानेश्वर एरिया सफा र सुन्दर हुनुपर्ने र सबैले सरसफाइको संस्कार बसाल्नुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको संस्थाका कोषाध्यक्ष रमेशमान शाक्यले जानकारी दिए । सङ्घले अहिलेसम्म व्यवसायीको हक र हितको लागि लडिरहेको पनि शाक्यले अवगत गराए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]