०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

व्यापारीद्धरा नयाँ बानेश्वर सफाचट् !

Logo

काठमाडौ, असोज ११
नयाँ बानेश्वरका व्यवसायीले ‘हाम्रो बानेश्वर, राम्रो बानेश्वर’ मूल नाराका साथ बृहत् सरसफाइ अभियान सम्पन्न गरेका छन् । नयाँ बानेश्वर व्यापार व्यवसायी संघको नेतृत्वमा शनिबार शंखमूलबाट औपचारिक रुपमा सहर सरसफाइ अभियान सुरु गरिएको संघका अध्यक्ष रामशरण गिरीले बताए ।
कार्यक्रम उद्घाटन गर्दै काठमाडौं क्षेत्र नम्बर १ (क) का सांसद दीपेन्द्र श्रेष्ठले यस्ता अभियानले सहर सफा राख्न स्वयंलाई जागरुक बनाउने बताए । त्यस्तै अध्यक्ष गिरीले चाडपर्वलाई लक्षित गरी सुरु भएको सरसफाइ अभियानलाई बृहत अभियानको रुपमा अघि बढाइने समेत जानकारी गराए ।
संघका कोषाध्यक्ष रमेशमान शाक्यल यो अभियान जागरण अभियान भएकाले यसलाई निरन्तरता दिइने बताए । कार्यक्रममा काठमाडौं १० का अध्यक्ष रामकुमार केसी, ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी लगायत नयाँ बानेश्वर क्षेत्रका व्यापारी व्यवसायीको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]