०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मनोजले ५०० खसी काटे

Logo

विराटनगर,असोज २७
यस वर्षको दसैँमा विराटनगरको कञ्चनवारी चौकमा रहेको मनोज फ्रेस हाउसले ५ सय वटा खसी काटेको छ । फ्रेस हाउसका संचालक मन्टुरा राजंवशीले दशै ताका २० देखि २८ किलोसम्मको ५ सय वटा खसी काटेर बिक्रि गरेको बताएका छन् ।
त्यस्तै कञ्चनबारी चौकमै रहेको चौधरी फ्रेसहाउसले दशैँ ताका २ सय वटा खसीको मासु बिक्री गरेको छ । सोही ठाँउका गोर्खाली र भीआइपी फ्रेस हाउसले एक सयभन्दा बढी खसीको मासु बिक्री गरेको बताईएको छ ।
यी सवै फ्रेस हाउसले नेपालभित्रैबाट खसी सकंलन गरी ल्याउने गर्दछन् । नेपालको खसी मासु भारतको भन्दा स्वादिलो हुने भएकाले प्राय विराटनगरवासी कञ्चनवारीकै फ्रेस हाउसवाट मासु चिन्न रुचाउछन् । विराटनगरका अन्य ठाँउका फ्रेस हाउसले प्राय भारतबाट खसी किनेर ल्याउने गरेका छन् ।
सोही कारण अहिले विराटनगरको कञ्चनवारी चौक खसीको मासुका लागि चर्चित बनेको छ । हाल कञ्चनवारी चौकमा खसीको मासु खरिद गर्न ग्राहकहरूले दिनभरि लाइन बस्दा पनि मासु पाउन गाह्रो हुने गरेको छ ।
जनचर्चा मिडिया पशु बद र हिंसाको पक्षमा नरहेको स्पष्ट पार्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]