०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मनोजले ५०० खसी काटे

Logo

विराटनगर,असोज २७
यस वर्षको दसैँमा विराटनगरको कञ्चनवारी चौकमा रहेको मनोज फ्रेस हाउसले ५ सय वटा खसी काटेको छ । फ्रेस हाउसका संचालक मन्टुरा राजंवशीले दशै ताका २० देखि २८ किलोसम्मको ५ सय वटा खसी काटेर बिक्रि गरेको बताएका छन् ।
त्यस्तै कञ्चनबारी चौकमै रहेको चौधरी फ्रेसहाउसले दशैँ ताका २ सय वटा खसीको मासु बिक्री गरेको छ । सोही ठाँउका गोर्खाली र भीआइपी फ्रेस हाउसले एक सयभन्दा बढी खसीको मासु बिक्री गरेको बताईएको छ ।
यी सवै फ्रेस हाउसले नेपालभित्रैबाट खसी सकंलन गरी ल्याउने गर्दछन् । नेपालको खसी मासु भारतको भन्दा स्वादिलो हुने भएकाले प्राय विराटनगरवासी कञ्चनवारीकै फ्रेस हाउसवाट मासु चिन्न रुचाउछन् । विराटनगरका अन्य ठाँउका फ्रेस हाउसले प्राय भारतबाट खसी किनेर ल्याउने गरेका छन् ।
सोही कारण अहिले विराटनगरको कञ्चनवारी चौक खसीको मासुका लागि चर्चित बनेको छ । हाल कञ्चनवारी चौकमा खसीको मासु खरिद गर्न ग्राहकहरूले दिनभरि लाइन बस्दा पनि मासु पाउन गाह्रो हुने गरेको छ ।
जनचर्चा मिडिया पशु बद र हिंसाको पक्षमा नरहेको स्पष्ट पार्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]