२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

जेष्ठ नागरिकलाई दोसल्ला र ढाका टोेपी, समाजसेवी देबेन्द्रको दशैं

Logo

काठमाडौ, असोज २८

सामाजिक काम गरेर आफूलाई अगाडी बढाउदै लैजानुभएका मोरङ कानेपोखरीका समाजसेवी देबेन्द्र लुईटेलले फरक तरिकाले दशैं मनाउनुभएको छ । आफ्नो घर परिवारमा त छदै छ तर उहाँ गाउँका जेष्ठ नागरिकको घरघरमा आशिष लिनुभयो । अनि गर्नुभयो उहाँहरुलाई दोसल्ला ओडाएर सम्मान ।बुवाहरुलाई ढाका टोेपी ।
कानेपोखरीका विभिन्न वडाका अति जेष्ठ नागरिककोमा पुगेर खुशी साटेको लुईटेलले बताउनुभयो । गाउँमा आउँदा सामाजिक काम नै गरेर अघि बढ्ने लुईटेल दशैमा पनि गाउँकै अग्रजहरुको सल्लाहा र आर्शिवादले मार्गदर्शकको भूमिका खेल्ने बताउनुहुन्छ । कोशेली फलफूल र गलामा दोसल्लाले सम्मानित हुँदा वयोबृद्धहरु निक्कै खुशी देखिन्थीए ।

समाजसेवी लुईटेल कानेपोखरी १ निवासी ६९ बर्षीया देव कुमारी आलेमगर, वडा २ का ७७ बर्षीय देव नारायण चौलागाई बडा नं ३ का ९४ बर्षीय खड्ग बहादुर कटुवाल,वडा ४ का ९७ बर्षीय रण बहादुर बस्नेत वडा नम्बर ५ की ७२ बर्षीया रेम्ति धिमाल र वडा नम्बर ६ की ९८ बर्षीया कमला थापा र वडा नम्बर ७ मा ९५ बर्षीया हरिमाया सापकोटाकोमा टिका लगाउन पुग्नुभएको थियो । आफ्नै छोरो झै लागेको प्रतिक्रिया उहाँहरुले दिनुभएको थियो । कांग्रेसी विकासप्रेमी नेता समेत रहेका लुईटेलसँगै उहाँको धर्मपत्नी रोशना निरौला लुईटेल पनि टिका लगाउन सरिक हुनुहुन्थियो ।टिका तथा अशिर्वाद ग्रहण गर्ने ठाउँमा स्थानीयको उल्लेखनीय उपस्थिति थियो । उहाँ सगै समाजका सम्मानित व्यक्तित्वहरु राम मगर, बम बहादुर पौडेल, खगेन्द्र बस्नेत, सिब पन्थि, नेत्र थापा, नगेन्द्र भट्टराई, कोपिला कार्कि, कमला योन्जन, शंकर तामाङ, ओम भट्टराई, टिका थापा, डम्बरबहादुर बुडाथोकि पम्फा धिमाल, चन्द्रि देबि धिमाल, मान बहादुर चैहान, खगेस्वर खतिवडा उपस्थिति थियो ।

फोटो फिचर :

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]