०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

ट्रान्सफर्मर पड्कदा विराटनगरमा विधुत काटियो

रातिसम्म लाइन आउने : प्राधिकरण विराटनगर
Logo

विराटनगर, असोज २९
टंकी सुनवारीमा रहेको ३३/११ के.भीको ट्रन्सफर्मर पड्कदा बुधवार विराटनगरको विभिन्न क्षेत्रमा विद्युत काटिएको छ । अपाह्न्न ३ः बजेको समयमा उक्त ट्रान्सफर्मर पड्किएको बताईएको छ ।
अचानक विधुतमा समस्या आई ट्रान्सफर्मर पड्किएको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र विराटनगरले जानकारी दिएको छ । ट्रान्सफमर पड्किएपछि ८ वटा फिडरमा विद्युत वितरण बन्द भएको छ । जसमा आरती स्ट्रीप, कटहरी औद्यौगिक फिडर, एयरपोर्ट फिडर, कचनबारी फिडर, भृकृटी फिडर, झोराहाट फडर र नहर फिडर रहेका छन् ।
विद्युत प्राधिकरण विराटनगरले हाल मर्मतको काम भईरहेको र रातिसम्म विद्युत आउनेसक्ने संभावना रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]