०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अब बन्छ विराटनगर

Logo

विराटनगर,कार्तिक १
महानगरमा बाटोघाटोको लथालिङ अवस्था देख्दा अहिले प्राय विराटनगरवासीले प्रश्न गर्ने गरेका छन् “कहिले बन्छ विराटनगर ?”  यसको जवाफ दिनका लागी अहिले विराटनगरका मेयर भिम पराजुली र उनको टोली तत्पर भएर लागेका छन् ।
परिणामतः केहि दिनदेखि विराटनगरमा निर्माणको कार्यले द्रुत गति पाएको छ । जसले, अब विराटनगरले चाँडै नै मुहार फेर्ने संकेत समेत दिएको छ । अहिले विराटनगरमा भईरहेको निर्माणको गतिलाई हेर्दा सहजै अनुमान गर्न सकिन्छ अब विराटनगर बन्न धेरै समय लाग्ने छैन ।
आठोट लिएर काम गरे सबै कुरा संभव छ भन्ने अहिले विराटनगरका मेयर भिम पराजुलीले काम गरेरै उदारण दिईरहेका छन् । विराटनगरको जलजला चौक देखि ट्राफिक चौकको सडक काम थालिएको तिनदिन नबित्दै सम्पन्न हुन लागिसकेको छ । यही तिन दिन भित्र यो सडकलाई उत्खनन गरी ढलका पाईपीङहरु चेकजाच गरी सम्याउने काम समेत भईसकेको छ । बिजुली तथा टेलिफोनको पोलहरुपनि तिनदिनभित्रै व्यवस्थतित गरिसकिएको छ । यही गति अनुसार जाने हो भने अबकोे एकआत दिनमा बजारका सबै सडक पिच समेत भईसक्नेछ ।
मेयरका प्रेस संयोजक कौशल निरौला, अबको एक महिना भित्र विराटनगरले पुर्ण रुपमा मुहार फेर्ने दाबी गर्छन् । निरौला भन्छन् “अब बढीमा एक महिना दुःख हो, जुन तरिकाले काम भईरहेको छ हेर्दै जानुस् विराटनगरले चाँडै नै मुहार फेर्ने छ”

रातको १ बजे सडक निर्माण कार्यको स्थलगत अवलोकन गर्दै विराटनगरका मेयर

 

 

 

 

 

विराटनगरका निर्माणाधिन सडकहरु यथासिघ्र सम्पन्न गर्ने अहिले मेयर पराजुली स्वयम दिन रात फिल्डमा खटिने गरेका छन् । मेयर पराजुलीले अबेर रातसम्म पनि विराटनगरमा सडक निर्माणको कामलाई अघि बढाएका छन् । उनी रात एक बजेसम्म सडक निर्माणको काम भईरहेको छ\छैन भन्ने विषयमा प्रत्यक्ष निरिक्षण गर्ने गरेका छन् ।
भर्खरै मात्र विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले तिहार अघिनै विराटनगरको सबै सडकहरु बनीसक्ने विराटनगरवासीलाई प्रतिवद्धता गरेका थिए । सोही प्रतिवद्धतालाई साकार तुल्याउन अहिले मेयर पराजुली लागी परेका छन् । उनले यस अघि पनि दशै अगवै निमार्णको काम सम्पन्न गरिसक्ने बताएका थिए । तर अविरल आएको वर्षाको कारण काम फत्ते हुन सकेको थिएन् । तर यसपटक भने आफुले गरेको प्रतिवद्धतालाई पुरा गरेरै छाड्ने अठोट लिएर मेयरले काम अघि बढाईरहेका छन् । यो गतिलाई हेर्न हो भने,चाँडै नै विराटनगर बनी सक्ने सजिलै आँकलन गर्न सकिन्छ ।

मेयरका स्वकीय सचिव त्रिभुशन गिरीका अनुसार तिहारसम्ममा विराटनगरको मेनरोड, हस्पिटल चौक, उच्च अदालत, न्युरो हस्पिटलको भित्री र बाहिरी बाटो बनिसक्ने बताउछन् ।
मेयर पराजुलीले जनचर्चासँग कुरा गर्दै तिहारसम्ममा विराटनगर बजारका सबै सडकहरु बनी सक्ने र त्यसपश्च्यात अन्य सडकहरु पनि द्रुत गतिमा निमार्ण गरिने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]