२८ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

आर आरमा फ्रि–वाइफाइ चल्दैन, वर्ल्डलिंकको प्रचार मात्र आउँछ

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

काठमाडौं, पुष १
रात्नराज्य (आरआर) क्यापस परिसरमा दैनिक करिब १५ सय विद्यार्थी हुन्छन् । ५० माथि संख्यामा शिक्षक र कर्मचारीहरु पनि ।
उनीहरुलाई लक्ष्ति गरी वर्ल्डलिंकले कलेज हातामा दुई वटा ठुला ठुला राउटर जडान गरेको छ । तर वाइफाई जडान भएको एक वर्ष बितिसक्दा पनि ईन्टरनेट भने कहिलेपनि राम्ररी चल्न नसकेकोे विद्यार्थीको गुनासो छ ।
एक छात्रा भन्छन् “वाइफाईको सिग्नल देखाउछ, कनेक्ट पनि हुन्छ, वर्ल्डलिंकको प्रचार आउछ तर वाइफाई भने चल्दैन्।”
वर्ल्डलिंकको प्रचार आउने तर वाइफाइ चाँही नचल्ने भएको हुदा आरआरका विद्यार्थी वर्ल्डलिंकले कलेजलाई दिएको सेवा प्रति रुष्ट छन् ।
निशुल्क सेवा दिने नाममा वर्ल्डलिंकले फ्रिमा प्रचार मात्र गर्न खोजेको कतिपय विद्यार्थीले आशंका समेत गरेका छन् ।
वर्ल्डलिंकले निशुल्क इन्टरनेट उपलब्ध गराउने शर्तमा एक वर्ष अघि कलेजको हातामा राउटर जडान गरेको आरआर क्याम्पसका स्ववियू सदस्द मदन भण्डरी बताउछन् । त्यस्तै स्ववियूका आर्का सदस्य उज्जोवल न्यौपानेले यथासिग्र समस्याको समाधन गर्ने तर्फ स्ववियूले पहल गर्ने बताएका छन् ।

विद्यार्थी प्रभावित
वाइफाई नचल्दा उक्त कलेजमा पत्रकारीतामा एम.ए. अध्ययन गर्दै आएका विद्यार्थी सबैभन्दा बढी प्रभावित भएका छन् । (एम.ए.) पत्रकारिताको पठ्य समाग्री सजिलै किताब पसलमा नपाउने भएकाले विद्यार्थीहरुले इन्टरवाटै खाजेर अध्ययन गर्ने गरेका छन् । तर वाइफाई नचल्दा खर्चिलो डाटाको प्रयोग गरी विद्यार्थीले इन्टरनेट चलाउनु परेको विद्याथीहरुको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]