०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कान्तिपुर स्कुलको ११औं वार्षिकोत्सव सुरु, तीनदिने उत्सव

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे ।

उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको दायित्व भएको बताए । उनले केवल किताबी ज्ञानले पुग्दैन, जीवनमा काम लाग्ने व्यावहारिक शिक्षाले नै विद्यार्थीलाई सक्षम नागरिक बनाउन सकिने धारणा व्यक्त गरे ।

विद्यालयका प्रिन्सिपल भुवन नेपालले गुणस्तरीय शिक्षा, प्रविधि र नैतिक संस्कारलाई प्राथमिकतामा राखेकै कारण हाल विद्यालयमा २८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले निरन्तर प्रयासरत रहेको उनले बताए ।

तीनदिने कार्यक्रम अन्तर्गत पहिलो दिन नर्सरीदेखि कक्षा तीनसम्मका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरे । दोस्रो दिन शुक्रबार कक्षा चारदेखि दशसम्मका विद्यार्थीको प्रस्तुति हुनेछ भने अन्तिम दिन शनिबार कक्षा १२ का उत्तीर्ण विद्यार्थीको बिदाइसँगै उत्सवको समापन गरिनेछ ।

कार्यक्रममा प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी र वडाध्यक्ष अर्जुन गिरीले कान्तिपुर स्कुलको शैक्षिक योगदानको सराहना गर्दै शुभकामना व्यक्त गरे । विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य र गायनका कार्यक्रमले उपस्थित अभिभावक तथा दर्शकलाई मनोरञ्जन प्रदान गर्‍यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]