१८ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

काठमाडौंमा उब्रीएको जुत्ताहरु विराटनगरमा सल्टाइदै : जुत्ता–चप्पल मेला

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

विराटनगर, पुष ०५
विराटनगरमा जारी जुत्ता–चप्पल व्यापार मेलामा काठमाडौंमा बिक्न नसकेका जुत्ता–चप्पलहरु सल्टाउने काम भईरहेको खुलासा भएको छ । काठमाडौंको भृकुटिमण्डपमा मंसिर ६ गते आयोजित एकहप्ते जुत्ता मेलामा उब्रिएका जुत्ताहरु हाल विराटनगरको जुत्ता चप्पल मेलामा सल्टाउने काम भईरहेको स्रोत बताउँछ ।
काठमाडौंको मेलामा पनि म्यानुफ्याक्चर डिफेक्ट भई फ्याक्ट्रिबाट रिजेक्ट भएका जुत्ता चप्पलहरु कम्पनीहरुले राख्ने गरेका स्रोतको दाबी छ । त्यसबाटपनि काठमाडौंका लाखौ मानिसहरुले छानेर उब्रीएको जुत्ता–चप्पलहरुमा विराटनगरको जुत्ता चप्पल मेलामा पठाइएको छ ।
उक्त खेलको पछि मुख्य हात डियर हिल शु का संचालक होमनाथ उपाध्याय रहेको बताईएको छ । काठमाडौं निवासी होमनाथ जुत्ता–चप्पल मेलाको संचालक समेत हुन् । दुईवर्ष अघि होमनाथले पहिलो पटक विराटनगरमा जुत्तामेलाको आयोजना गरेका थिए । मेला संचालनका लागी उनलाई विराटनगरमा हाईलाइफि शु एण्ड शिलिपरका संचालक विनय र विकास चौधरी (दाजुभाई)ले साथ दिएका थिए ।
पहिलो पटक(२०१७) मै उनीहरुले डिफेक्ट र उब्रिएको जुत्ताचप्पलहरु बेचर विराटनगरको मेलावाट करोडौं रुपौयाँको व्यापार गरेका थिए ।
त्यसबेला पनि जुत्ता–चप्पलमा डिफेक्ट भएको पाईएपछि वाणिज्य कार्यलय मोरगले स्थलगत अुनगमन गरी त्यस्तो काम नगर्न हामेनाथको टिमलाई सचेत गराएका थियो ।
विराटनगरको जैन भवनमा हाल जारी जुत्ता चप्पलमेलामा पनि पुनः त्यस्ता खाल्का गुनासोहरु आउन थालेका छन् ।
जुत्ता चप्पल किनेको एक घण्टा नबित्दै जुत्ता उक्किने र उद्रने गरेको गह्रकहरुको गुनासो छ । विराटनगर निवासी शिवम् मिश्रले जुत्ता किनेर लगाएको आधा घण्टा बित्न नपाउदै जुत्ता उक्किएको भन्दै उकिएको जुत्ता सहितको फोटो समाजिक संजालमा पोष्ट गरेका थिए । त्यस्तै मेला भम्रण गर्ने अधिकासंले मेलामा डिफेक्ट मालहरु राखिएको प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]