११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

काठमाडौंमा उब्रीएको जुत्ताहरु विराटनगरमा सल्टाइदै : जुत्ता–चप्पल मेला

Logo

विराटनगर, पुष ०५
विराटनगरमा जारी जुत्ता–चप्पल व्यापार मेलामा काठमाडौंमा बिक्न नसकेका जुत्ता–चप्पलहरु सल्टाउने काम भईरहेको खुलासा भएको छ । काठमाडौंको भृकुटिमण्डपमा मंसिर ६ गते आयोजित एकहप्ते जुत्ता मेलामा उब्रिएका जुत्ताहरु हाल विराटनगरको जुत्ता चप्पल मेलामा सल्टाउने काम भईरहेको स्रोत बताउँछ ।
काठमाडौंको मेलामा पनि म्यानुफ्याक्चर डिफेक्ट भई फ्याक्ट्रिबाट रिजेक्ट भएका जुत्ता चप्पलहरु कम्पनीहरुले राख्ने गरेका स्रोतको दाबी छ । त्यसबाटपनि काठमाडौंका लाखौ मानिसहरुले छानेर उब्रीएको जुत्ता–चप्पलहरुमा विराटनगरको जुत्ता चप्पल मेलामा पठाइएको छ ।
उक्त खेलको पछि मुख्य हात डियर हिल शु का संचालक होमनाथ उपाध्याय रहेको बताईएको छ । काठमाडौं निवासी होमनाथ जुत्ता–चप्पल मेलाको संचालक समेत हुन् । दुईवर्ष अघि होमनाथले पहिलो पटक विराटनगरमा जुत्तामेलाको आयोजना गरेका थिए । मेला संचालनका लागी उनलाई विराटनगरमा हाईलाइफि शु एण्ड शिलिपरका संचालक विनय र विकास चौधरी (दाजुभाई)ले साथ दिएका थिए ।
पहिलो पटक(२०१७) मै उनीहरुले डिफेक्ट र उब्रिएको जुत्ताचप्पलहरु बेचर विराटनगरको मेलावाट करोडौं रुपौयाँको व्यापार गरेका थिए ।
त्यसबेला पनि जुत्ता–चप्पलमा डिफेक्ट भएको पाईएपछि वाणिज्य कार्यलय मोरगले स्थलगत अुनगमन गरी त्यस्तो काम नगर्न हामेनाथको टिमलाई सचेत गराएका थियो ।
विराटनगरको जैन भवनमा हाल जारी जुत्ता चप्पलमेलामा पनि पुनः त्यस्ता खाल्का गुनासोहरु आउन थालेका छन् ।
जुत्ता चप्पल किनेको एक घण्टा नबित्दै जुत्ता उक्किने र उद्रने गरेको गह्रकहरुको गुनासो छ । विराटनगर निवासी शिवम् मिश्रले जुत्ता किनेर लगाएको आधा घण्टा बित्न नपाउदै जुत्ता उक्किएको भन्दै उकिएको जुत्ता सहितको फोटो समाजिक संजालमा पोष्ट गरेका थिए । त्यस्तै मेला भम्रण गर्ने अधिकासंले मेलामा डिफेक्ट मालहरु राखिएको प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]