०९ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अभियानता ईराकीलाई विवेकानंद अवार्ड

Logo

विराटनगर, पुष २८
विराटनगरका युवा अभियानता सक्रिय चाँदबाबु ईराकीले विवेकानंद लिडरसीप अवार्ड प्राप्त गरेका छन् । अतुनिया फाउन्डेसनको आयोजानामा गान्धी मैदान पटना स्थित श्रीकृष्ण बिज्ञान केन्द्रमा स्वामी विवेकानंदको १५७ औ जयन्तीको अवसरमा ईराकीलाई बिबेकानन्द लिडरसीप अवार्ड प्रदान गरिएको हो ।

कन्फरेन्स तथा अवार्ड २०२० कार्यक्रमको अवसरमा उक्त अवसर मा भारत तथा यसका छिमेकी रास्ट्र हरु मा सामाजिक काम मा उल्लेखनीय योगदान पुर्याउने १०१ ब्यक्तीहरुलाई अवार्डद्वारा बिभुषित गरिएको थियो ।

जसमा नेपालबाट बिराटनगरका युवा अभियान्ता चाँदबाबू इराकी समेत परेका थिए । मुख्य अतिथी रामजी प्रसाद तथा फाउन्डेसनका सस्थापक अध्यक्ष प्रशान्त प्रतापले अवार्ड प्रदान गरेका गरेका थिए।

चाँदबाबू तिनै युवा हुन जसले केहि समय अघि मात्र भारतमा सप्पन्न भएको कलाम युथ कन्फरेन्समा नेपालको तर्फबाट अवार्ड प्राप्त गरेका थिए । कुनै समय सामाजीक काम गर्दा गर्दै पनि ओझेलमा परेका इराकी सन् २०१६ मा लियो जिल्ला परिषदको अध्यक्ष भए पश्चात युवा आकर्षणको केन्द्र बनेका थिए ।कुनै पनि काममा निरन्तरको प्रयासबाट मात्र सफलता प्राप्त गर्न सकिने ईराकीको भनाई छ ।
समाचार : आवर विराटनगर डट नेट बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]