२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

थन्कीएर कुहिदै मोटरसाईकलहरु आराका मोरङमा

हाकीम जिम्मेवार नहुँदा राज्यको सम्पत्ती थन्किएर कुहिदै
Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

विराटनगर, माघ १०
अवैध मधिरा ओसार पोसारमा प्रयोग भई जफत गरिएका पाँच दर्जनभन्दा बढी मोटरसाईकल आन्तिरक राजस्व कार्यलय (आराका) मोरङमा विगतको पाँच वर्षदेखि थन्किरहेको छ । समयमै लिलाम नगरिदा प्राय सवै मोटरसाईकलहरु जिर्ण बनिसकेका छन् । पक्राउ परेर थन्किएको अवस्थामा केही स्कुटरहरु पनि छन् ।
लामो समयदेखि थन्काएर राखिएका थुप्रै सवारी साधनहरु जिर्ण भईसकेका छन् भने भर्खर पक्राउ परेका केही सवारीसाधनहरु अहिले पनि सकुसल अवस्थामा रहेका छन् । आराका मोरङमा कार्यरत्त एक अधिकारी भन्छन् “यी सबै राज्यका सम्पत्ती हुन्, समयमै लिलाम गरेर राम्रो मुल्य लिने कि कुहाएर कवाडीमा बेच्ने ?” उनले थपे “यस विषयमा हामीले धेरै पटक प्रमुख ज्यूलाई भनिसकेका छौ तर वँहाले किन वास्ता गर्नु हुन्न खै ?”
हाल आराका मोरङका प्रमुख विमल सापकोटा हुन् । उनी भन्दा अघिका पाँच हाकिमले जफत गरिएको सवारीसाधनहरु लिलाम नगर्दा अहिले आराका मोरङमा कवाडी सवारीसाधनको थुप्रो लागेको छ । ती सवारी साधनलाई बेलैमा लिलाम नगरे राज्यलाई ठुलो घाटा हुने जानकारहरु बताउछन् । हाकिमहरुको वेवास्था र गैरजिम्मेवारीको कारण राज्यको सम्पत्ती कवडीमा परिणत भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]