०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सुनसरी सडक दुर्घटना : ५ मुत्यु , १४ घाइते

Logo

ईटहरी, माघ १९
सुनसरीको रामधुनी नगरपालिका–२ स्थित सडक खण्डमा आइतबार बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।
तीन जनाको घटनास्थलमै र उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
बिहान साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा माइक्रोबसका चालक धादिङ बैरेनीका दिपक खड्का, माइक्रोबसमा सवार झापा भद्रपुर– ५ की ६८ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला, झापा चन्द्रगढीकी १८ वर्षीया गरिमा गौतम र झापा भद्रपुर–७ का ४५ वर्षीय टंकप्रसाद काफ्लेको मृत्यु भएको हो ।
दुर्घटनामा परी माइक्रोबसमा सवार झापा कचनकवलका २५ वर्षीय कृष्ण चौहान, काठमाडौं अनामनगरकी ७ वर्षीया अग्रिता श्रेष्ठ, २८ वर्षीया रमुना श्रेष्ठ, दमक ३ का ३० वर्षीय बमबहादुर बस्नेत, झापा चन्द्रगढीका १२ वर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ वर्षीय होमबहादुर कार्की, मोरङ पथरीका ४९ वर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ वर्षीया ताराकुमारी राय, ३८ वर्षीया माया काफ्ले, ३५ वर्षीया सावित्रा राई र माइक्रोबसका सहचालक सोलुखुम्बुका २३ वर्षीय केदार बस्नेत घाइते भएका छन् ।

घाइतेको एपेक्स हस्पिटल इटहरी, धरानको घोपामा, विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पाँच जनको ज्यान जानेगरी भएको सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति भएको प्रहरीले बताएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरका अनुसार दुर्घटनामा परेका दुबै सवारी साधन तीव्र गतिमा थिए । बिहानको हुस्सु लागेको मौसममा तीव्रगित भएका कारण दुर्घटनामा ठूलो मानवीय क्षति भएको बताईएको छ ।
अनलाईन खबर डट कम बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]