०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सुनसरी सडक दुर्घटना : ५ मुत्यु , १४ घाइते

Logo

ईटहरी, माघ १९
सुनसरीको रामधुनी नगरपालिका–२ स्थित सडक खण्डमा आइतबार बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।
तीन जनाको घटनास्थलमै र उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
बिहान साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा माइक्रोबसका चालक धादिङ बैरेनीका दिपक खड्का, माइक्रोबसमा सवार झापा भद्रपुर– ५ की ६८ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला, झापा चन्द्रगढीकी १८ वर्षीया गरिमा गौतम र झापा भद्रपुर–७ का ४५ वर्षीय टंकप्रसाद काफ्लेको मृत्यु भएको हो ।
दुर्घटनामा परी माइक्रोबसमा सवार झापा कचनकवलका २५ वर्षीय कृष्ण चौहान, काठमाडौं अनामनगरकी ७ वर्षीया अग्रिता श्रेष्ठ, २८ वर्षीया रमुना श्रेष्ठ, दमक ३ का ३० वर्षीय बमबहादुर बस्नेत, झापा चन्द्रगढीका १२ वर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ वर्षीय होमबहादुर कार्की, मोरङ पथरीका ४९ वर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ वर्षीया ताराकुमारी राय, ३८ वर्षीया माया काफ्ले, ३५ वर्षीया सावित्रा राई र माइक्रोबसका सहचालक सोलुखुम्बुका २३ वर्षीय केदार बस्नेत घाइते भएका छन् ।

घाइतेको एपेक्स हस्पिटल इटहरी, धरानको घोपामा, विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पाँच जनको ज्यान जानेगरी भएको सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति भएको प्रहरीले बताएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरका अनुसार दुर्घटनामा परेका दुबै सवारी साधन तीव्र गतिमा थिए । बिहानको हुस्सु लागेको मौसममा तीव्रगित भएका कारण दुर्घटनामा ठूलो मानवीय क्षति भएको बताईएको छ ।
अनलाईन खबर डट कम बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]