३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

भन्सारले अनावश्यक दुःख दिएको भन्दै विरगञ्जमा एजेन्ट अन्दोलित

विरगञ्जमा एजेन्ट संघ र भन्सार कार्यलयविच तानव, घुस खाने नियत रहेको कर्मचारीलाई आरोप
Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

काठमाडौं ,माघ २१

श्रीमा डिस्ट्रिब्यूसन नेपाल प्रालिले पर्साको वीरगञ्ज भन्सार कार्यालयबाट भित्र्याएको एउटा गाडीमा भन्सार कार्यालय र विभागले निहुँ खोजेपछि व्यवसायी क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ ।

गत माघ १४ गते वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास स्वीकृत भएर काठमाडौं ल्याउँदै गरेको गाडी धादिङमा गुण्डागर्दी शैलीमा नियन्त्रणमा लिएर वीरगञ्ज नै पुर्‍याइएपछि विवाद देखिएको छ ।

सबै कागजात ठीकठाक भएर जाँचपास भइसकेको गाडी धादिङबाट नियन्त्रणमा लिँदै निहुँ खोजेपछि व्यवसायी हैरान भएका छन् । गाडी आयातकर्ता श्रीमा प्रालिले व्यवसायीलाई दुःख दिने नियत भन्सारले देखाएको आरोप लगाएको छ ।

प्रक्रिया पूरा गरेर आयात भइसकेको गाडीमा भन्सारले निहुँ खोजेर उपल्लो निकायमा धाउनुपर्ने बाध्यता सिर्जना गरेपछि व्यवसायी झन्झट मानिरहेका छन् । भन्सार कार्यालयले गाडीबारे सम्बन्धमा तीन दिनभित्र भन्सार विभाग त्रिपुरेश्वरको अनुसन्धान शाखामा उपस्थित हुन गाडी आयातकर्ता श्रीमा प्रालिसहित भन्सार एजेन्टलाई आईतबार पत्र थमाएको छ । भन्सारको पत्र अनुसार भन्सार एजेन्ट भाग्य नारायण मिश्र र संजोग मानन्धरले समेत भन्सार विभाग धाउनुपर्ने भएको छ ।

जाँचपास गर्दा सही भेटिएको गाडी सम्बन्धमा आयातकर्ता र भन्सार एजेन्टलाई भन्सार कार्यालयले दुःख दिन थालेपछि विरोध सुरू भएको छ । वीरगञ्ज भन्सार एजेन्ट संघ पर्साले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भन्सार कार्यालयको व्यवहारको विरोध गरेको छ । भन्सार कार्यालयले आयातकर्ता र भन्सार एजेन्टलाई थमाएको पत्रमा गाडी आयातका क्रममा भएको गल्ती, त्रुटि वा गैरकानुनी कामबारे कुनै उल्लेख गर्न सकेको छैन । सबै प्रक्रिया पूरा गरेर आयात गरिएको गाडी सम्बन्धमा विभागमा सम्पर्क राख्न भन्नु दुःख दिने नियत मात्रै भएको आरोप व्यवसायीको छ ।

‘भन्सार प्रशासन र भन्सार एजेन्ट एकअर्काबीच नङमासुको सम्बन्ध भनिएपनि बारम्बार भन्सार जाँचपास तथा ट्रेकिङ प्रणालीको व्यवस्था समेत भई भन्सार क्षेत्रबाट पास भएको दुरुस्त मालसामान बाटोमा धरपकड गर्ने तथा सरोकार भन्सार एजेन्ट तथा प्रतिनिधिलाई पत्र काटी दुःख दिने नियतले हामी प्रताडित भएका छौं,’ संघले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘भन्सार विभागमा हाजिर हुन भनेर भन्सार एजेन्ट भाग्य नारायण मिश्र र प्रतिनिधि संयोग मानन्धरलाई निर्देशन गरिएकोमा त्यसतर्फ संघको ध्यानाकर्षण भई सो पत्र फिर्ता लिनुहुन विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।’ विज्ञप्ति वीरगञ्ज भन्सार कार्यालय पर्सा, भन्सार एजेन्ट महासंघ नेपाल त्रिपुरेश्वर काठमाडौं, प्रदेश संयोजक, सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघलाई समेत पठाइएको छ ।

संघका कार्यबाहक अध्यक्ष निर्मलप्रसाद कुर्मीले सबै व्यवसायी क्षेत्रको गुहार माग्ने गरी विज्ञप्तिबाजी गरेपछि सर्वत्र तरङ्ग फैलिएको छ । कुनै गल्ती र त्रुटि नै नऔल्याई गाडी सम्बन्धमा उपस्थित हुन पत्राचार गर्ने भन्सार कार्यालयले अब के बहाना गर्छन् हेर्न बाँकी रहेको व्यवसायीको टिप्पणी छ ।

व्यवसायीबाट ‘घुस’ लिन पल्केका सरकारी कर्मचारीले विना कारण नै पत्र काटेर कार्यालयमा बोलाई अनुसन्धानको त्रास देखाउँदै मोलमोलाई गर्ने गरेको कतिपय भुक्तभोगी व्यवसायीको गुनासो छ । भन्सारका कर्मचारीको इच्छा अनुसार घुस नदिएपछि अनुसन्धानको बहानामा ‘बार्गेनिङ’ गर्न भन्सार विभागमा बोलाइएको हुनसक्ने अनुमान व्यवसायीले गरिरहेका छन् ।

व्यवसायीबाट संकलन गरिएको घुस भन्सार विभाग हुँदै मन्त्रीसम्म पुग्ने गरेको चर्चा चल्ने सन्दर्भमा राष्ट्रियसभा सदस्यको पदावधि सकिनै लागेका अर्थमन्त्री युवराज खतिवडाले दिएको घुसको ‘टार्गेट’ पूरा गर्न भन्सार विभागले व्यवसायीलाई अनावश्यक दुःख दिएको हुनसक्ने अनुमान समेत व्यवसायीले गरिरहेका छन् । मन्त्रालयबाट प्राप्त भएको अवैध असूलीको टार्गेट पूरा गर्नुपर्ने तनाव कर्मचारीले व्यवसायीमाथि थोपर्ने प्रवृत्ति पुरानै रहेको व्यवसायी बताउँछन् ।

साभार : मिडिया डबली डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]