१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

शिवम् प्लाष्टिकमा कसले आगो लगायो? शंकाको शुई संचालक तिरै तेर्सियो

Logo

✍ दिनेश खड्का
विराटनगर, चैत १

मोरङको बुढीगंगास्थित शिवम् प्लाष्टिक उद्योगमा केहि दिन अघि (फागुन २८ गते) भएको आगलागी शुनियोजित भएको आशंका गरिएको छ ।
उक्त उद्योगका संचालकमा बासु गोल्यान, देवेन्द्र अग्रवाल र विजय तोदी छन् । उद्योगमा गोल्यानको ६५ प्रतिशत, अग्रवालको २५ प्रतिशत र तोदीको १५ प्रतिशत हिस्सा छ । तर उद्योग संचालनमा संचालकहरुबिच नै मतवेद हुदा तिनैजनाको एकआपससँग करिब १० वर्षदेखि बोलचाल छैन ।
उद्योग संचालनमा विवाद आएदेखि नै गोल्यानले उद्योगलाई एकलौटी ढंगले संचालन गरिरहेका थिए । एकलौटी ढंगले १० वर्षदेखि उद्योग संचालन गरिरहेका गोल्यानसँग आर्को दुईपटक पर्टनरले (अग्रवाल र तोदी) हिसाब फरफारक गर्न पटक पटक अनुरोध गरिरहेका थिए । पटक पटक हिसाब फरकारक गर्न अनुरोध गर्दा पनि गोल्यानले आज भोली भन्दै १० वर्षदेखि आफ्ना पार्टनरलाई टार्दै आएको बुभिएको छ ।
स्रोतका अनुसार, गत फागुन २८ गते उद्योगमा आगलागि भएपछि सम्पुर्ण कागजात जलेर नष्ट भएको भन्दै हिसाब फरफारक गर्न गोल्यान आनाकानी गरिरहेका छन् । त्यससँगै उद्योगमा आगलागीको कारण उद्योगमा ठुलो क्षती भएको भन्दै पार्टनरहरुलाई एक रुपैयाँपनि दिन नसक्ने भन्दै गोल्यान पन्छिरहेको स्रोत बताउँछ । सोही हिसाबलाई रफदफा गर्न गोल्यानले जनाजान उद्योगमा आगलागीको प्रपञ्च रचेको स्रोत दाबी गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

मोरङ, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]