२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

मोरङमा व्यापक कालोबजारी । के हेर्दैछन् सि.डि.ओ. ?

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

विराटनगर, चैत १८
लकडाउनको मौकाछोपी मोरङका उद्योगी तथा व्यापारीले खाद्यवस्तुको मुल्य ह्वातै बढाएका छन् । खाद्यान्य उत्पादक र वितरकको मिलेमतोमा खाद्यवस्तुको मुल्य अहिले २५ प्रतिशतसम्मले बद्धि गरिएको छ ।
हाल व्यापारीहरुले लिखित एमएरपीभन्दा बढी मुल्य लिएर ग्राहकलाई खाद्यवस्तु बिक्रि गरिरहेका छन् । उक्त विषयमा ग्राहकहरुले सोद्धा डिलरबाटनै यसपटक सामान महगोमा आएको व्यापारीले बताउने गरेका छन् । त्यस्तै डिलरले उद्योगबाटै खाद्यवस्तु महगोमा आएको बाहान गर्ने गरेका छन् ।
पिठो, चिनि, चामल, दाल लगाएतका दैनिक उपोभोग्य खाघवस्तुको अहिले ह्वातै मुल्य बढेको छ । प्याकेटमा लेखिएको मुल्यभन्दा २५ प्रतिशतसम्म बढी मुल्य लिएर अहिले व्यापारीहरुले समान बच्ने गरेका छन् ।
मोरङको लोकल बजारमा लकडाउनभन्दा अघि ६२ रुपैयाँ प्रति केजीमा पाइदै गरेको चिनि अहिले ह्वातै बढेर ७२ रुपैयाँ पुगेको छ । त्यस्तै स्वादेशी चामल तथा पिठो उत्पादकहरुले १२ देखि १५ प्रतिशतसम्म उत्पादनमा मुल्य विद्धि गरेका छन् । तेल उत्पादकहरुले पनि प्रति कार्टुन १ सय देखि डेढ सयसम्म मुल्य बढाएको बुझिएको छ ।
आर्थिक विषयमा लामो समयदेखि कलम चलाउदै आएका मोरङका पत्रकार शंकर लुईटेलले अहिलेको परिस्थितीलाई टिप्पणी गर्दै जिल्लामा कालोबजारीको पराकाष्ठा नाघेको बताएका छन् । सरकार र प्रशासनको ध्यान कोरोना र लकडाउनमा केन्द्रित भएकाले बजारमा हुने चलखेलको बारे पत्तो नपाएको लुइटेलको भनाई छ ।
प्रधानमन्त्रीे केपी ओलीले लकडाउन घोषणा गर्ने क्रममा यस कठिन परिस्थितीमा कालोबाजारी गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने बताएका थिए । तर केन्द्र सरकारको प्रतिनिधित्व गर्दै जिल्लामा बसेका सिडिओ साहेबहरु कालोबजारी बारे बेखवर भईदिदा जिल्लामा कालोबजारी गर्नेहरुलाई आफ्नो गोरखधन्धा चलाउन सजिलो भएको छ ।
कुननः कालोबजारीलाई दण्डित गर्ने अधिकारी पनि सिडिओलाई नै हुन्छ । हाल मदन भुजेल मोरङका सिडिओ छन् । करिब दश दिन अघि ११ हजार थान बढी मास्क र ठुलो मात्रामा सेनिटाइजर लुकाउने विराटनगरको व्यापारी राजेश अग्रावललाई अहिलेसम्म सिडियो भुजेलले दण्डित गरेका छैनन् । लुकाएर राखेको मास्कसहित पक्राउ परेका कालोबजारी अग्रवाललाई पक्राउ परेकै दिन तरिकमा छोडियो । के प्र.म. ओलीले भनेको “कडाभन्दा कडा कारवाही यही हो त ?” यस्तो जटिल परिस्थितीमा कालोबजारी गर्नेलाई प्रशासनले जेल कोच्न सक्नु पर्यो नि !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]