२० कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

एनसेलकाे १२० प्रतिशत बाेनसले सेवाग्राहीलाई फाइदा हुदैछ ?

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

काठमाडाै‌, चैत २५ 
केही साता अघि नेपाल दुरसञ्चार प्राणिकरणले लकडाउनको अविधमा रिचार्ज गर्दा ग्राहकलाइ न्युनतम शतप्रतिशत बोनस दिन सबै दुरसञ्चार सेवा प्रदायक कम्पनीलाई कडा निर्देशन दिएको थियो । निर्देशन अनुसार दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि आफ्ना ग्राहकलाइ बनाेस ब्यालेन्स दिन तयार भयाे ।  तर आफुले दिने भनेकाे बोनसको व्याख्या भने एनसेलले आफ्नै ढंगबाट गर्याे । उसले यस्ताे पाराले बाेनसकाे व्याख्या गरिदियाे की  आम उपाेभाेक्तालाइ एनसेलकाे बाेनस पाउनु नपाउनु बराबर भयाे ।

प्राधिकरणले दिएको निर्देशन पश्च्यात एनसेलले ग्राहकलाइ रिचार्ज गर्दा १२० प्रतिशत बोनस दिने योजना ल्यायो । जसअनुसार रु १०० को रिचार्ज गर्दा ग्राहकले थप १२०रुपैयाँ बरावरको बोनस ब्यालेन्स पाउने भए । एकातिरबाट निर्देशन मानेजस्तो गरेपनि अर्काेतरिबाट एनसेलले बाेनसलाई आफ्नै ढंगबाट व्याख्या गरेर बनोस दिए नदिएको बराबर पारिदियो ।
प्राणिकरणले सतप्रतिशत बोनस दिनु भन्नुको तत्पर्य लाकडाउनको अवधिमा सेवाग्राहीको फाेनकाे खर्च आधा कम होस् भन्ने थियो । सेवाग्राहीको फाेनमा खर्च आधा घटे एनसेलको आमदानी पनि स्वातै आधा घट्ने पक्कापक्की नै थियो । उक्त कुरा एनसेलले मज्जाले बुझेकाे थियाे ।  साेहीकारण एनसेलले रिचार्जमा दिने बोनसमा ३ दिन भित्र सकिसक्नु पर्ने भनी हदबन्दि लागइदियो । जसका कारण उपोभोक्ताले बोनस त पाए तर  उपोभोक्तको खर्च भने घटेन । उपाेभक्ताकाे खर्च नघटेपछि स्वाभीक रुपमा एनसेलकाे आमदानी पनि घटेन ।
विश्वव्यापी रुपमा बोनसको भ्यालु (मान) र मुलधनको भ्यालु बराबर हुन्छ । अर्थात मुलधनले सेवाग्राहीले जे चिज खरिद गर्न पाउँदछन् बोनसले पनि उही चिज खरिद गर्न सक्दछन् । यसले पनि मुलधन र बोनस दुवैको हैसियत एउटै हुन्छ भन्ने बुझाउद छ । तर एनसेलको व्याख्यामा मुलधन (मेन व्यालेन्स) र बोनस (बोनस ब्यालेन्स) को हैसियत फरक छ । किनभने मेन ब्यालेन्सले खरिद गर्न पाउने भोइस तथा डाटा प्याकहरु एनसेलमा बोनस ब्यालेन्सले खरिद गर्न पाइन्दैन ।
भ्यालु पनि खासै नभएको र तिन दिनको लागी मात्र मान्य हुने एनसेलकाे बोनस व्यालेन्सले के नेपाली उपोभोक्तालाइ यस्ताे लकडाउनकाे अवस्था वास्त‍बमै आर्थिक सहयाेग पुर्याउला त ?  फाइदा नुहुने हाे भने फाल्तु बाेनस लिएर  नेपालीले किन आफुलाइ मागन्तेको ट्याग भिराउनु ?
एउटा हिन्दि शाहिरी छ नी “आमका आम गुट्लियो के भी दाम” , यो त उही पारा भायो । एनसेलले उपभोक्तसँग उही पैशा पनि ठटायो र विपदको बेला १२० प्रतिशत दिए भनेर नाम पनि कमायो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]