१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एनसेलकाे १२० प्रतिशत बाेनसले सेवाग्राहीलाई फाइदा हुदैछ ?

Logo

काठमाडाै‌, चैत २५ 
केही साता अघि नेपाल दुरसञ्चार प्राणिकरणले लकडाउनको अविधमा रिचार्ज गर्दा ग्राहकलाइ न्युनतम शतप्रतिशत बोनस दिन सबै दुरसञ्चार सेवा प्रदायक कम्पनीलाई कडा निर्देशन दिएको थियो । निर्देशन अनुसार दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि आफ्ना ग्राहकलाइ बनाेस ब्यालेन्स दिन तयार भयाे ।  तर आफुले दिने भनेकाे बोनसको व्याख्या भने एनसेलले आफ्नै ढंगबाट गर्याे । उसले यस्ताे पाराले बाेनसकाे व्याख्या गरिदियाे की  आम उपाेभाेक्तालाइ एनसेलकाे बाेनस पाउनु नपाउनु बराबर भयाे ।

प्राधिकरणले दिएको निर्देशन पश्च्यात एनसेलले ग्राहकलाइ रिचार्ज गर्दा १२० प्रतिशत बोनस दिने योजना ल्यायो । जसअनुसार रु १०० को रिचार्ज गर्दा ग्राहकले थप १२०रुपैयाँ बरावरको बोनस ब्यालेन्स पाउने भए । एकातिरबाट निर्देशन मानेजस्तो गरेपनि अर्काेतरिबाट एनसेलले बाेनसलाई आफ्नै ढंगबाट व्याख्या गरेर बनोस दिए नदिएको बराबर पारिदियो ।
प्राणिकरणले सतप्रतिशत बोनस दिनु भन्नुको तत्पर्य लाकडाउनको अवधिमा सेवाग्राहीको फाेनकाे खर्च आधा कम होस् भन्ने थियो । सेवाग्राहीको फाेनमा खर्च आधा घटे एनसेलको आमदानी पनि स्वातै आधा घट्ने पक्कापक्की नै थियो । उक्त कुरा एनसेलले मज्जाले बुझेकाे थियाे ।  साेहीकारण एनसेलले रिचार्जमा दिने बोनसमा ३ दिन भित्र सकिसक्नु पर्ने भनी हदबन्दि लागइदियो । जसका कारण उपोभोक्ताले बोनस त पाए तर  उपोभोक्तको खर्च भने घटेन । उपाेभक्ताकाे खर्च नघटेपछि स्वाभीक रुपमा एनसेलकाे आमदानी पनि घटेन ।
विश्वव्यापी रुपमा बोनसको भ्यालु (मान) र मुलधनको भ्यालु बराबर हुन्छ । अर्थात मुलधनले सेवाग्राहीले जे चिज खरिद गर्न पाउँदछन् बोनसले पनि उही चिज खरिद गर्न सक्दछन् । यसले पनि मुलधन र बोनस दुवैको हैसियत एउटै हुन्छ भन्ने बुझाउद छ । तर एनसेलको व्याख्यामा मुलधन (मेन व्यालेन्स) र बोनस (बोनस ब्यालेन्स) को हैसियत फरक छ । किनभने मेन ब्यालेन्सले खरिद गर्न पाउने भोइस तथा डाटा प्याकहरु एनसेलमा बोनस ब्यालेन्सले खरिद गर्न पाइन्दैन ।
भ्यालु पनि खासै नभएको र तिन दिनको लागी मात्र मान्य हुने एनसेलकाे बोनस व्यालेन्सले के नेपाली उपोभोक्तालाइ यस्ताे लकडाउनकाे अवस्था वास्त‍बमै आर्थिक सहयाेग पुर्याउला त ?  फाइदा नुहुने हाे भने फाल्तु बाेनस लिएर  नेपालीले किन आफुलाइ मागन्तेको ट्याग भिराउनु ?
एउटा हिन्दि शाहिरी छ नी “आमका आम गुट्लियो के भी दाम” , यो त उही पारा भायो । एनसेलले उपभोक्तसँग उही पैशा पनि ठटायो र विपदको बेला १२० प्रतिशत दिए भनेर नाम पनि कमायो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]