२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

माेरङमा लुकीछीपी गुट्का उत्पादन हुँदै, प्रशासन बेखबर

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

विराटनगर, वैशाख १६
लकडाउनको मौका छोपी मधु क्यामिकल कम्पनीले लुकीछीपछि गुट्का उत्पादन गर्दै आएको छ । सरकारले अत्यावश्यक उपोभोग्यबाहेकका सबै उत्पादनहरु बन्द गर्न निर्देशन दिएतापनि यस गुट्का कम्पनीले निर्बाध रुपमा गुट्का उत्पादन गर्दै आएको छ । मधु क्यामिकलले “पान महेक” नाम गुट्का उत्पादन गर्दै आएको छ । उक्त गुट्का उद्योग मोरङको विराटनगर महानगरपालिकामा अवस्थित छ । तर उद्योगको संचालक भवनी बोहोराले हाल उद्योगमा नभएर लुकीछपी गुट्का उत्पादन गर्दै आएको स्रोत बताउँदछ ।

अन्तरशुल्क पनि छल्दै
हाल अन्तरशुल्क स्टीकर दिने निकायहरु बन्द छन् । गुट्का उद्योगले गुट्का विक्रि गर्नुभन्दाअघि प्रति प्याकेटमा अन्तरशुल्क स्टीकर अनिवार्य रुपमा टास्नुपर्दछ । एउटा अन्तरशुल्क स्टीकरको ७ देखि १० रपैयाँसम्म पर्दछ । उक्त स्टीकर समेत टाँस नगरी “पन महेक” गुट्का हाल मोरङ तथा आसपासका जिल्लामा विक्रि वितरण भईरहेको छ ।
उक्त विषयमा राजस्व कार्यलय तथा सिडियो कार्यलयजस्ता नियामक निकायहरु अनविज्ञ र मौन छन् । उक्त उद्योगका संचालक भनवी बोहरालाई तत्काल पक्राउ गरी आवश्यक छानवीन गर्न जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]