१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

आईसीपी विराटनगरको सरकारी गोदाम निजि कम्पनीको कब्जामा

Logo

विराटनगर, जेठ १५
ट्रान्स नेपाल नामक एक निजी कम्पनीले विराटनगरकाे बुदनगरमा भर्खरै निमार्ण भएको एकिकृत भन्सार जाँच चौकी (आईसीपी)काे गोदाम तथा अन्य संरचनाहरु गैर-कानुनी ढंगले भाडामा लगाएको छ । उक्त कम्पनीले कुनैपनि खाल्को आईसीपीसँग ठेक्का-सम्झौता नगरी  आईसीपीकाे गोदामहरु भाडामा लगाएको बुझिएको छ । ट्रान्स नेपालले विराटनगरकै रानीमा रहेको पुरानो भन्सार कार्यलयसँग भएको ठेक्का सम्झौता देखाउदै नँया बनेको आईपीको गोदामहरु भाडा लगाएको स्रोत बताउँदछ ।
स्रोतको प्रश्न छ “ट्रान्स नेपालले पुरानो भन्सार कार्यलयमा रहेका गोदामहरु ठेक्का पाएका हाे , सोही ठेक्का सम्झौताको आधार नयाँ आईसीपीको गादामहरु भाडामा लगाउन कसरी मिल्छ ?” उनले थपे “यसलाई यसरी बुझौं, कोेही व्यक्तीकोे दुइटा घर छः एउटा पुरानो र एउटा भर्खरै बनेको ब्राण्ड न्यू घर, अब उसका पुराना घरका भाडेदारले आएर पुरानै घर भाडाको सम्झौताको आधारमा नयाँ घरमा डेरा जमाउन मिल्छ ? नयाँ घरमा बस्नका लागी घरधनीसँग नयाँ सम्झौता गर्नुपर्यो वा पुरानै घरमा चित्त बुझाउनु पर्यो होइन त ?”

त्यति मात्र नभई ट्रन्स नेपालले आफ्ना निकटका केही गिनेचुनेका भन्सार ऐजन्टहरुलाई मात्र कार्यलय संचालन लागी नयाँ आइसीपीमा कोठाहरु उपलब्ध गराएको बुझिएको छ । त्यसबापत ति एजेन्टहरुले नयाँ आईसीपीका गोदामहरु गैरकानुनी ढंगले भाडा लागउने काममा ट्रान्स नेपालको सहयोग गरिरहेका छन् । त्यससँगै ट्रान्स नेपालले नयाँ आईसीपीमा रहेको डिस्पेसरी (स्वास्थ चेकजाच गर्ने किलिनिक) समेत व्यापारीक प्रयोग लागी व्यापारीहरुलाई भाडा लगाएको खुलासा भएको छ । उक्त गैर कानुनी ढंगले भईरहेको कामको अधिकासं भन्सार एजेन्ट अहिले विरोध गरिरहेका छन् र यो वेथितिको अन्तय नभएसम्म पछि नहट्न उनीहरुले प्रतिक्रिया दिएका छन् ।
ट्रान्स नेपालले ढुवनी, गाेदम तथा भन्सारसँग संबिनि्धत अन्य सेवाहरु व्यापारीलाइ दिदै आएकाे छ । ट्रान्स नेपाल कम्पनीका संचालक विराटनगरका उद्योगी मुकेश राठी हुन् ।

गरैकानुनी रुपमा ट्रान्स नेपालले कब्जा गरेकाे  भन्सारकाे गाेदामहरुकाे बारेमा भन्सारले कुनै प्रतिक्रिया जनाएको छन्, भन्सार प्रमुख शिव भण्डारी यस विषयमा मौन छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]