०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लकडाउन मोडालिटि परिवर्तनको माग गर्दै विराटनगरमा प्रदर्शन

Logo

विराटनगर, जेठ २२
लकडाउनको मोडालिटि परिवर्तन गर्न माग गर्दै विराटनगरका साना तथा ठूला उद्योगी व्यपारीहरुले विरोध प्रदर्शन गरेका छन् ।
परिवर्तनका लागि आवाज (भ्वाइस फर चेन्ज)मा आवद्ध करिब २ सय उद्योगी तथा व्यापारीेहरु आज लकडाउनको विरोध गर्दै विराटनगरका मुख्य बजारमा उत्रिएका थिए । विरोध प्रदर्शन पश्च्यात उनीहरुले ८ बुद्धे माग सहितको ज्ञापन पत्र समेत मोरङको प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

ज्ञापनपत्रमा सम्पुर्ण प्रकारको करमा ५० प्रतिशत छुट दिइनु पर्ने, बैंकको बियाजमा ५० प्रतिशत छुट दिईनु पर्ने, र पसल गोदाम भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाईनु पर्ने भनिएको छ ।
उनीहरुले जोर विजोर प्रणाली लागु गरेर सबै खालका पसल तथा व्यावसायहरु संचालनमा ल्याउन दिनु पर्ने माग समेत गरेका छन् ।
विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तिहरु ः रिसब दाहल, प्रविन कुण्डिलिया, प्रविन जैन, गोपाल अग्रवाल, मनोज विक्रम साह, शेरसिहं दुगड, अभिसेक केडिया, सृजन प्याकुरेल, सुनिल धनावत, मोहित अग्रवाल, विजय भगत, नाजिर महोमदको अग्रसरतामा उक्त विरोध कार्यक्रम आयोजना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]