२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराटनगर भन्सारमा “च्यानल परिर्वतन”को अवैध खेल ! कर्मचारी मालमाल, राज्यलाई नोक्सानी

Logo

विराटनगर, जेठ २८
रेड च्यानलमार्फत पास गरिनु पर्ने मालबस्तुलाई ग्रीन च्यालनबाट पास गरेर विराटनगर भन्सारका कर्मचारी विवादमा तानिएका छन् । आईतवार व्यापारी संदीप भागतले भारतबाट ल्याएको एक ट्रक सटिङ सुटिङको कपडा रेड च्यानलमार्फत पास गरिनुपर्नेमा ग्रिन च्यानलबाट पास गरिएपछि चेकजाँचमा संलग्न भन्सार कर्मचारी विवादमा तानिएका हुन् ।
व्यापारी भागतको सटिङ सुटिङका कपडा चेकजाँचमा भन्सारका मुल्याङकन अधिकृत सुनिता पौडेल र सुब्बा किशोर आर्चयल खटिएका थिए । भन्सार छलि हुनसक्ने अत्याधिक सम्भावना बोकेका मालबस्तुलाई रेड च्यानलमार्फत चेकजाँच गरिनुपर्ने भन्सारको विभागीय प्रवधान रहेको छ । तर उक्त प्रावधान विपरित आईतवार विराटनगर भन्सारकी अधिकृत सुनिता पौडेलले रेड च्यानलमार्फत पास गरिनु पर्ने व्यापारी भगतको लत्ताकपडाको आईटमलाई सहजै ग्रीन च्यानलबाट पास गराई दिएका थिइन् । यस च्यालन परिवर्तन प्रकरणले अधृकित पौडेल र व्यापारी भागतविच आर्थिक लेनदेन भएकोे शंका उब्जाएको छ । भन्सारका कर्मचारीहरुले आफ्ना निकटका व्यापारीहरुसँग घुस लिएर च्यानल परिवर्तन गर्ने गरेको स्रोत दावी गर्दछ । च्यानल परिवर्तन गरेपश्च्यात भन्सार छल्न सहज हुने भएकाले व्यापारीहरुले समेत केही घुस दिएर कर्मचारीबाट यस्तो काम गराउने गर्दछन् ।
तेस्रो मुलुकबाट नेपाल आएको समानहरुलाई (ग्रीन, एल्लो र रेड) तिन च्यानलमा वर्गीकरण गरी भन्सार पास गराउने प्रावधान छ । भन्सार छली हुनसक्ने अधिक्तम सम्भावना बोकेका समानहरुलाई रेड च्यानल, भन्सार छली हुनसक्ने मध्यम सम्भावना बोकेका समानहरुलाई एल्लो र भन्सार एकदमै न्युनछली हुनसक्ने सम्भावन बोकेका समानहरुलाई ग्रीन च्यानलमा वर्गीकरण गर्ने गरिन्छ । उक्त वर्गीकरण अनुसार नै देशको सिमानाकामा रहेको भन्सार कार्यलयहरुमा समानहरुको डुकुमेन्ट चेक हुने गर्दछ । ग्रीनमा च्यानलमार्फत आएका समानहरुलाई समान्य चेकजाँच गरी छोडिन्छ भने रेड च्यानल अन्तर्गत आएका समानहरु गम्भीरता पुर्वक चेकजाँच गरिन्छ ।
मालबस्तुको प्रकृति हेरी भन्सार कार्यलयका मुल्याङकन अधिकृतले मालबस्तुलाई ग्रीन,एल्लो र रेडमा वर्गीकरण गर्ने गर्दछन् । खाद्य उद्योगले ल्याउने कच्चा पदार्थ (उदाहरणको लागी मकै), जति मात्रामा ल्याएपनि एकै प्रकृतिको हुने भएकाले भन्सार मुल्याङकन गडबढी गर्नेसक्ने सम्भावना रहदैन ः सोही कारण मकैजस्ता समानहरुलाई ग्रीन च्यानलमा राखिन्छ । तर सबै समानहरुको मुल्याङन मकै जस्तै सहज हुदैन (उदाहरणको लागी मोटरपार्टस्) । मोटरपार्ट अन्र्तगत धेरै खोले समानपर्छन, धेरै क्यालेटीका समानपर्छन, यस्ता समानहरुलाई एक एक गरी निहालेर समानहरु ठम्याएर मुल्याङकन गर्न जरुरी हुन्छ । सोही कराण यस्ता समानहरुलाई रेड च्यानलमा राखिन्छ ।
तर भन्सार मुल्याङकनको सो च्यानल वर्गीकरण प्रावधानलाइ केही भन्सार अधिकारीहरुले भने अवैध पैशा कमाउने मेलो बनाउदै आएका छन् । जुन विवादमा आईतवार विराटनगरका भन्सार अधिकृत सुनिता पौडेल र सुब्बा किशोर तानिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]