०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

महिलाको मृत्यु: चिकित्सकले लापरबाही गरेको आरोप

Logo

विराटनगर, १५ साउन । नोबेल मेडिकल कलेज विराटनगरमा बुधबार बिहान सुत्केरी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे छोरीलाई जन्म दिएकी थिइन् । सामान्यरुपमै सुत्केरी भएकी कार्कीलाई अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार दिउँसो पाठेघर फाल्ने भन्दै अप्रेशन कक्षमा लगेका थिए ।

पाठेघरको शल्यक्रियापछि उनलाई १७ प्रिन्ट ब्लड चढाएइएको थियो । तर उनलाई बुधबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । सामान्यरुपमै सुत्केरी भएकी महिलाको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तहरुले आरोप लगाएका छन् ।

अस्पताल प्रशासनले भने महिलाको मृत्युमा अस्पतालको लापरबाही नभएको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]