२८ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

अन्तर्राष्ट्रिय बियर दिवस आज

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

काठमाडौं, साउन २३
अगस्त पहिलो शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै आएको छ । नेपालमा बियर दिवस मनाउने गरेको प्रायः पाइँदैन । तर, अन्तर्राष्ट्रिय बजारमा भने निकै महत्त्व साथ बियर दिवस मनाउने गरेको पाइन्छ । मानव इतिहासमा उपलब्धिलाई ‘सेलिब्रेट’ गर्ने चलन पुरानो हो । र, सबैभन्दा पुरानो पेय पदार्थलाई नमनाउने त कुरै हुँदैन र अन्तर्राष्ट्रिय बियर दिवस पनि त्यही हो ।

प्राचीन समयभन्दा अहिले बियर बनाउने तरिका फेरिएको छ । बियर होप, जडीबुटी तथा फलफूलको फ्लेभरबाट तयार गरिन्छ । र, बियर बनाउनुलाई कला मानिन्छ । अन्तर्राष्ट्रिय बियर दिवस मनाउने सोच सन् २००७ मा जेसी अभ्सालोमोभको दिमागमा आएको हो । जब जेसी आफ्ना केही साथी बियरको स्वादमा रमाइला गफ गर्दै थिए । उनीहरू क्यालिफोर्नियाको सान्टाक्रुज समुदायमा थिए ।

अन्तर्राष्ट्रिय बियर दिवस मनाउनुका कारण यसप्रकार थिए ।

– साथीभाइसँग जमघट र बियरको स्वाद लिने

– बियर बनाउने र सर्भ गर्नेप्रति सम्मान प्रकट गर्ने

– बियरको ब्यानरमुनि विश्व एकता कायम गर्ने

बाह्रखरी डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]