१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

“कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो” : गाना रिलिज

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

काठमाडाैं, साउन २७

गायिका प्रासना शाक्यको आवाजमा “कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

नेपालको प्राकृतिक सुन्दरता र नेपाल प्रतिको प्रगाढ मायालाई भिडियोमा देखाइएको छ । अनिता सोनीको शब्द सिर्जना तथा संगीतकार भूपेन्द्र रायमाझीको संगीत संयोजन गीतमा रहेको छ । भिडियोलाई निकै आकर्षक र कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गाना हेर्नु/सन्नुहाेस् 

यज्ञ पराजुलीको छायाँकन किङस मोसन पिचरको सम्पादन तथा सन्तोष सरकारको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा अनिता सोनी, दिपिका सोनी, अनुपमा रिजाल, रेखा पराजुली, आशा अटल, भारती पौडेल, ललिता जाजु, ललिता राठी, मिता आचार्य र कल्पना सिंह कलाकारहरू छन् ।

गीतको शब्द जति कोमल र मर्मस्पर्शी छ त्यसमा रहेको गाएकी र भिडियोको पक्ष निकै उत्कृष्ट छ । गीतलाई सह निर्देशक पवन शाह र निर्माता अनिता सोनी रहेकी छन् ।

इन्टरटेन्मेन्ट खबर डट कमबाट

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

काठमाडाैं, जेठ १।  गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, […]

विराटनगर,१९ फाल्गुन / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता […]