२१ कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

विभागमा सेनिटाईजर उद्योगको फाईल किन अड्कियो ?

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

काठमाडौं, साउन ३१
सेनिटाईजर उत्पादन र विक्रिमा अन्तरःशुल्क र भ्याट छुट दिन स्वदेशी सेनिटाईजर उत्पादकहरुले सरकारसमक्ष माग गरेका छन् । औषधि व्यवस्था विभागमा दर्ता नभएका सेनिटाईजर उद्योगलाई सरकारले कस्मेटिक सरह (लग्जुरी बस्तु)को रुपमा सुचिकरण गरी बढी राजस्व असुल गरिरहेको उत्पादकहरुको गुनासो छ ।
औषधि व्यवस्था विभागमा दर्ता नभएको उद्योगहरुले सेनिटाईजर बनाउने स्प्रीट खरिद गर्दा प्रति लिटर ६० देखि ६५ रुपैयाँ अन्तःशुल्क तिर्नुपर्ने हुन्छ । र सेनिटाईजर बनाएर बेच्दा समेत १३ प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ । तर विभागमा दर्ता भएको उद्योेगहरुको हकमा भने अन्तःशुल्क र भ्याट दुवै छुट गरिएको छ । एउटै प्रकृति समान बनाउने उद्योगहरु, कसैसँग कम र कसैसँग बढी राजस्व संकलन गर्नु राज्यको विवेदकारी निति भएको विभागमा दर्ता नभएका उत्पादकहरुको बुझाई छ ।
दर्ता फाईल पेन्डिङमा
औषधी व्यवस्था विभागमा हाल ३ दर्जन भन्दा बढी सेनिटाईजर उद्योगको दर्ता फाईल पेन्डिङमा छ । दर्ताको लागि आवेदन दिएको चार महिना बितिसक्दा पनि अनुमति नपाएको भन्दै उद्योगीहरुले विभागको काम प्रति अनुसन्तिुष्टी जनाइरहेका छन् ।
विभागले नँया कम्पनीहरुलाई दर्ता नदिएको कारण पहिलानै दर्ता भएका औैषधी बनाउने फर्मासुईटिकलसँग बाहेक कसैसँग पनि विभागको लाईसन्स छैन् । सोही कारण सेनिटाईजरको उत्पादन र विक्रिमा लाग्ने अन्तःशुल्क र भ्याटमा पुराना फर्मासुईटिकलले मात्र छुट पाईरहेका छन् । दर्ताको लागी आवेदन दिएका एक सेनिटाईजर उत्पादक भन्छन्  “काम हुदैछ–हुदैछ भन्दै विभागको कर्मचारीहरुले टारि मात्र रहेको छ, निवेदन दिएको पनि चार मिहना पुगीसक्यो दर्ता किहिलेसम्म हुने हो केहि टुंगो छैन ”

कर्मचारीसँग मिलेमतो, बजारमा कार्टिलिङ
स्रोतका अनुसार विभागमा दर्ता रहेका फर्मासुईटिकलहरुले विभागको कर्मचारीलाई प्रभावमा पारी नयाँ दर्ताको कामलाई अघि बढ्न दिएका छैनन् । नयाँलाई विभागमा दर्ता नदिएपछि, उनीहरुले अन्तःशुल्क र भ्याट तिरेरै सेनिटाईजरको उत्पादन गरिरहेका छन् । तर त्यसरी सेनिटाईजर उत्पादन गर्दा प्रति लिटर ९० रुपैयाँसम्म अतिरिक्त खर्च बढ्ने उत्पादक बताउँछन् ।
उता विभागमा दर्ता भएका कम्पनीहरुले अन्तःशुल्क र भ्याट् नतिर्नु पर्ने भएका कारण उत्पादनमा प्रति लिटर ९० रुपैयाँसम्म सस्तो पर्दै आएको छ । तर फार्मासुईटिकलहरुले सस्तोमा सेनिटाइजर उत्पादन गरेपनि मुल्य भने घटाएका छैनन् । स्रोतका अनुसार फार्मासुईटिकलहरुले ५ लिटरको सानिटाईजर १२ सय रुपैयासम्म बेच्न पोसाउछ । तर उनीहरुले एकआपसमा कार्टिलिङ गरेर बजारमा ५ लिटरको सेनिटाईजर १५ सयभन्दा घटिमा नबेचिरहेको स्रोत दावी गर्दछ ।
नितिमा परिर्वतन ल्याए सेनिटाईजरको मुल्य आधा घट्ने
सरकारले नितिमा परिवर्तन ल्याए हाल बजारमा पाईरहेको सेनिटाईजरको मुल्य ५० प्रतिशतसम्मले घट्न सक्ने उद्योगीहरुको तर्क छ । सवै सेनिटाईजर उद्योगहरुलाई अन्तःशुल्क र भ्याटमा छुट दिए सेनिटाईजर कम्पनीहरु प्रतिश्प्रर्धामा आउने र प्रतिश्प्रर्धाले स्वतः समानको मुल्य घटाईदिने उत्पादकहरुको बुझाई छ । अन्तःशुल्क र भ्याटमा छुट दिए आफ्नो सेनिटाईजरको मुल्य आधा घटाईदिने केहि उत्पादकहरुले ठोकुवा समेत गरेका छन् ।
.

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]