२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

एक रातको १५० रुपैयाँ मात्र

Logo
प्रकाशित सोमबार, साउन २०, २०७६

 विराटनगर, साउन २०
विराटनगरस्थित सहकारी मार्गमा जम्मा ७ करोडको लगानीमा सञ्चालनमा आएको बालाजी अतिथी भवन प्रा. लि ले गरिब आम नागरिकमा राहतको वातावरण सिर्जना गरेको छ ।

यही साउन ३ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको उक्त भवनले गरिब तथा विपन्न वर्गका जनतालाई एकदमै न्युनतम शुल्कमा बस्ने कोठा उपलब्ध गराउने भएपछि उनीहरूमा राहतको वातावरण सिर्जना भएको हो ।

विराटनगरमा आफ्नै ६ तल्ले भवनमा नयाँ अवधारणा स्वरुप सञ्चालनमा आएको उक्त अतिथी भवनले आम नागरिकको ध्यानाकर्षण गरिरहेको भवनका सञ्चालक सत्यनारायण अग्रवाल बताउँछन ।

उनका छोरा तथा उक्त अतिथी भवनका सह-सञ्चालक बजरंगलाल अग्रवालले विराटनगरका विभिन्न अस्पतालमा बाहिरबाट उपचारका निम्ति आउने गरिब तथा विपन्न वर्गका जनतालाई सहज होस भन्ने उदेश्यले उक्त भवन सञ्चालनमा ल्याएको बताए । उनले तत्कालै आफुसँग २०० स्क्वायर फिटको २० जना सम्म अटाउने सक्ने क्षमता भएको ५ वटा हल तयारी अवस्थामा रहेको बताए । उनले उक्त हलको प्रकृति अनुसार १०० रुपैयाँ र १५० रुपैयाँमा एक रात बस्नसक्ने गरि व्यवस्था मिलाएको जानकारी दिए ।

विराटनगरका अन्य होटल तथा रेष्टुरेन्टको तुलनामा उक्त अतिथी तुलनात्मक रूपमा सस्तो भएकोले पैसा तिर्न पनि सहज हुने सञ्चालक अग्रवालले बताए । खास गरि विराटनगर बाहिरबाट आउने नव आगन्तुकका लागि उक्त भवन उपयोगी साबित हुने उनको भनाई छ ।

उक्त अतिथी भवनमा हाल थप सेवा सुविधा अन्तर्गत चौबीसै घण्टा बिजुली र शुद्ध खानेपानीका साथसाथै सुरक्षाका दृष्टिकोणले सीसीटीभी क्यामेराको समेत व्यवस्था रहेको छ, भने उक्त भवनमा मदिरा र मांशाहारी खाद्यपदार्थ निषेधित गरिएको छ ।उनले उक्त अतिथी भवनमा थप ५० वटा जति रुम र ओटिस कम्पनीको लिफ्ट निर्माणाधिन अवस्थामा रहेको पनि बताए ।

हाल विराटनगरका अन्य होटलहरुमा एक रात बिताउन भने १५०० देखि ५००० रुपैयाँ सम्म तिर्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]