०९ जेठ २०८३, शनिबार
23-05-2026 , Sat
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

उर्लाबारीमा १८५ राउण्ड गोली फेला

Logo

विराटनगर, माघ २२
मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा जमिनमुनि गाडेको अवस्थामा १८५ राउण्ड गोली फेला परेको छ ।
उक्त गोली एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम साईजको रहेको प्रहरीले पुष्ठि गरेको छ ।
स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो प्लास्टिकमा गाडेको अवस्थामा गोली फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् । गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]