०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

चुनाव भए विराटनगरमा फेरी खुट्टा नटेक्ने : गगन थापा

Logo

विराटनगर, माघ ३०
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले वैशाखमा निर्वाचन भए विराटनगरमा खुट्टा नटेक्ने उद्घोष गरेका छन् ।
बिहीबार विराटनगरमा नेपाली कांग्रेसद्धारा आयोजित वर्तमान राजनैतिक अवस्था बिषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले सो घोषणा गरेका हुन् ।
वैशाखमा चुनावको घोषणा गरेर प्रधानमन्त्री ओलीले सत्ता लम्बयाउन मात्र खोजेको तर वस्तिक्तामा चुनाव गराउने सरकारको कुनै मनासाय नभएको उनको जिकिर थियो । सबै राजनितिक दल र आम जनतालाई चुनाव गराउने नाममा अल्झाएर मात्र राख्ने अहिलेको सरकारको रणनिति भएको उनको भनाई छ ।
कार्यक्रममा थापाले अदालतलाई सरकारको करकाप र दवाबमा नआईकन संसद पुनःस्थापन सम्बन्धमा फैसाला गर्ने समेत अग्रह समेत गरेका छन् ।
त्यस्तै आर्का वक्ता नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले अहिलेको सरकारले लोकतन्त्रलाई नियन्त्रणमा लिन खोजेका बताए । विधिको शासनमा बस्न नचाहने तनाशाह प्रवृतिका कारण प्रधानमन्त्रीले संसदलाई अपदष्त गरेको उनको भनाई थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]