०६ भाद्र २०८३, शनिबार
22-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका फार्मेसीहरुमा दर्ता नभएको खाद्यपुरक सामग्री छ्याप–छ्याप्ती

Logo

विराटनगर, माघ ३०
विराटनगरका फार्मेसीहरुमा औषधी व्यवस्था विभागमा दर्ता नभएको खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) औषधीहरु फेला परेको छ । औषधी व्यावस्था विभाग कार्यालय विराटनगरले केही दिन देखी विराटनगरका औषधी पसलहरुमा छापा मार्ने क्रममा उक्त औषधीहरु फेला परेको हो ।
दर्ता नभएका औषधी विराटनगरमा छ्याप–छ्याप्ती पाउन थालेको गुनासो आए पछी विभागले विराटनगरका बिभिन्न फार्मेसीहरुमा अनुगमन गरेको थियो । सोही अनुगमनका क्रममा विराटनगर ९ स्थित युनिटी ड्रग हाउसबाट २९ प्रकारका न्युट्रासिटिकल्स ६ कार्टुन विभागले बरामद गरेको थियो । त्यसैगरी हिमगिरी मेडिकोबाट ३ प्रकारका दुई कार्टुन न्युट्रासिटिकल्स समेत बरामद गरेका थियो ।
त्यस्तै लाइफ फार्मेसी र सिद्धी बिनायक फार्मेशीदेखि पनि विभागले औषधी बरामद गरेको थियो ।
विभागको उक्त कदमलाई लिएर औषधी व्यावसायीहरु आन्देलन उत्रीएका छन । व्यावसायीहरुले विराटनगरको कोशी अस्पतालसम्म पुगेर चर्को नाराबाजी गरेका छन् । आफुहरुले पटक पटक औषधी व्यवस्था विभागमा दर्ता गराउन खोज्दा पनी सो औषधीहरु विभागले दर्ता नगरिदिएको व्यावसायीहरुको गुनासो छ ।

औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधि बिक्रीवितरण भएको पाइएमा औषधि ऐन २०३५ बमोजिम कारवाहि हुने विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]