३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

चैत २५मा विराट गोल्डकप

Logo

विराटनगर ,फागुन २
कोरोना माहामारी र बिभिन्न कारण दुईवर्षदेखि हुन नसकोको विराट गोल्डकप आगामी चैतमा हुने भएको छ । प्रदेश र स्थानीय सरकारबाट ब्यापक दबाब आएपछी विराट गोल्डकप फुटबल ट्रष्टले यस पटकभने प्रतियोगिता गराउने निणय गरेको हो । ट्रष्टले प्रतियोगिता आयोजना गर्न नसक्ने भए विराटनगर महानगरपालिका आफैले उक्त प्रतियोगिता गराउने चेतावनी दिएको थियो ।
उक्त प्रतियोगिता सञ्चालनका लागि ट्रष्टका पदाधिकारीहरुले प्रदेश १ का सामाजिक विकासमन्त्रीको जिम्मेवारी समेत सम्हालेका आन्तरिक मामीला मन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसँग छलफल समेत गरी सकेका छन् ।
सो प्रतियोगिता कसरी आयोजना गर्ने बारे छलफल गर्न शनिबार ट्रष्टको बैठक समेत बसेको छ । उक्त बैठकले गोल्डकप आगामी चैत २५ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । प्रतियोगिताको संयोजकको जिम्मेवारी मनोज विक्रम साहले पाएका छन् ।
प्रतियोगिताको टिम तथा पुरस्कार राशीबारे ट्रष्टको आगामी बैठकको निणयले तय गर्ने बताइएको छ । कोरोना माहामारीका कारण यस पटक भने बिदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने सम्भावना कम रहेको ट्रष्टले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]