१५ साउन २०८३, शुक्रबार
31-07-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सिहिद रंगशाला विराटनगरमा लगाइएका फ्लड-लाईटकाे परीक्षण

Logo

विराटनगर, फागुन
विराटनगरको सहिद रंगशाला खेलमैदानमा लगाएका फ्लड लाईटको परीक्षण गरिएको छ । जनप्रतिनिधि, खेलकर्मी, प्राविधिकलगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो ।
गत वर्षको असोज १ गते बाट कार्की बन्धु अमर जेभी नामक कम्पनीले उक्त फ्लड लाइट जडानको काम लिएको थियो । तर कोरोना महामारीका कारण फ्लड लाईटको काम ढिलो भएको कम्पनीले जनाएको छ । अबको एकसाता भित्रमा लाइट जडानको काम सम्पन्न हुने कार्की बन्धु अमर जेभीका प्रवन्ध निर्देशक गणेश कार्कीले बताए ।

मंगलबार साँझ भएको उक्त परीक्षणमा निर्वमान सामाजिक विकास मन्त्री जीवन घिमिरे, स्थानिय , बुद्धिजिबी र समाजका अगुवाको समेत सहभागिता रहेको थियो ।
चैत मसान्त तिर आयोजना हुन लागेको बिराट गेल्ड कप मध्यनजर गदै फ्लड लाइट प्ररिक्षण गरिएको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]