०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

त्रिशूली नदीमा बस खस्दा तीनको मृत्यु

१६ जनाको उद्धार, २६ बेपत्ता
Logo

काठमाडौं, श्रावण २४
धदिङको बेनीघाटमा सलाङघाटस्थित त्रिशूली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ । ४५ यात्रु लिएर सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुदा १६ जना घाईते समेत भएका छन् । प्रहरीको अनुसार १६ जनाको उद्धार भईसकेको र थप २६ जना अझै बेपत्ता रहेका छन् । मृतक मध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको सनाखत भएको छ एकजनाको सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त बसभित्र भने कोही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएकामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन् । बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल अचेत अवस्थामा भेटिएका छन् भने सहचालक प्रमोद चौधरी र कन्डक्टर ऋषि उप्रेतीलाई उपचारका लागी काठमाडौं लगीएको छ ।
शुक्रबार बिहान करिब ४ बजे ना ६ ख ७४६९ नम्बरको उक्त सृष्टि डिलक्स बस त्रिशूलीमा खसेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]