१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मेलम्ची खानेपानीको सुरुङमा आजदेखि पानी भरिदै

Logo

विराटनगर ,फागुन १०
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण सुरु गरिँदै छ । मेलम्ची खानेपानी विकास समितिले परीक्षणका लागि आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा भइसकेको बताएको छ ।
खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे उक्त सुरुङमा पानी हाल्ने कामको उदघाटन गर्ने कार्यक्रम रहेको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्म रहेको उक्त सुरुङ भर्न करिब २० दिन लाग्नेछ ।
गत असारमा उक्त सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यस्तै दुर्घटना फेरी नहोस् भनेर आयोजनाले उद्धारका लागी यस पटक हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । परीक्षण पहिलो चरणमा पुर्ण क्षमताअनुसार पानी नछोड्ने आयोजनाले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]