०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

प्रहरीलाई नै बलात्कारको आरोप लागेपछि……

Logo

विराटनगर, श्रावण २४
ओखलढुंगामा एक प्रहरी जवान बलात्कारको आरोपमा पक्राउ परेका छन् । स्थानीय १८ वर्षीय एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका हुन् ।
सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवलाई पीडित किशोरीले करणी गरेको प्रहरीसमक्ष जाहेरी दिएकी थिईन् ।
जिल्ला प्रहरी ओखलढुंगाका अनुसार किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।
मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको बताईएको छ । जाहेरीमा किशोरीले आफ्नो इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन् ।

किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरी तोडफोड गर्ने प्रयास गरेका थिए ।

करीब डेढ महीना अघि सोहीका प्रमुख प्रहरी असई पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो ।
त्यसका लागी विश्वकर्मालाई विभागीय कारवाही समेत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]