१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

विराटनगरको जस्मिन हाइजिनविरुद्ध भन्सार छली गरेको उजुर

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

विराटनगर, फागुन १५
विराटनगरको जस्मिन हाइजिन विरुद्ध भन्सारछली गरेको दाबी सहित राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । उक्त कम्पनी विरुद्ध विराटनगरकै एक व्यावसायीले शुक्रबार विभागमा उजुरी दिएका हुन् ।
उजुरमा जस्मिन हाइजिनका संचालक अनिल/पुनित सारडाले भन्सार मूल्याङ्कन कम गरी ठुलो परीमाणमा तयारी सेनिटरी प्याडहरु नेपाल भित्र्याएको दाबी छ ।
भन्सार सन्दर्भ पुस्तीकमा तयारी सेनिटरी प्याडको प्रतिगोटा ४ देखि ६ रुपैयाँसम्म मुल्य कायम गरीएको छ । आयतकर्ताले जे जति मुल्यमा सेनिटरी प्याड आयत गरेतापनि भन्सार भने सन्दर्भ पुस्तीकामा तोकिए बमोजिमनै तिर्नुपर्छ । तर उक्त कम्पनीले सेनिटरी प्याडको भन्सार मूल्याङ्कन १ रुपैयाँ १२ पैसा कायम गरी नेपाल भित्र्याएको उजुरमा उल्लेख छ ।
यसरी भन्सार मूल्याङ्कन कम गरेर सेनिटरी प्याड नेपाल भित्र्याउदा सो कन्साइनमेन्टमा मात्र राज्यलाई लाखैको राजस्व क्षति भएको ठहर छ ।
विराटनगर भन्सारबाट मात्रै यस आर्थिक वर्षको पुस मसान्तसम्म दुई करोड ९३ लाख ४३ हजार छ सय तीन थान सेनिटरी प्याड आयात भएको छ । जसमा भन्सार मुल्याङक्न घटाएरलाई कराडौंको घपला गरिएको अनुमान गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]