१९ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

कुन सक्कली कुन नक्कली ? स्वदेशकै उत्पादकहरुबिच चुलियो ट्रेडमार्क चोरीको विवाद

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

विराटनगर, फागुन १७
स्वदेशकै उत्पादकहरुले एकआर्काको ट्रेडमार्क चोर्न थालेपछि पछिल्लो समय नेपाली बजारमा कपीराईटको विवाद उत्पन्न भएको छ ।
उपभोक्तालाई झुक्याउने गरी नाम चालेको स्वदेशी कम्पनीसँग लोगो, इिजाईन एवं नाम समेत मिल्ने गरी स्वदेशकै केही कम्पनीहरुले आफ्ना उत्पादनहरु बजारमा विस्तार गरेपछि कपीराईटको विवादले उग्र रुप लिएको हो ।

यस्तै ट्रेडमार्क चोरीको विवाद अहिले “हेल्लो” र “सेल्लो” नाम गरेको दुई फरक सूर्यमुखी तेल कम्पनीहरुको बिच चलिरहेको छ ।
मोरङको कटहरीमा रहेको बागमति आयल इण्डस्ट्रिजले विगतको दुई दशकदेखि सेलो ब्राण्डको सूर्यमुखी तेल उत्पादन गरी नेपाली बजारमा बिक्रिवितरण गरिरहेको छ । सोही कम्पनीसँग ट्रेडमार्क, डिजाईन र नाम समेत मिल्दोजुल्दो हुनेगरी अहिले पशुपति खाद्यतेल उद्योगले हेलो ब्राण्डको तेल बजारमा ल्याएको छ ।
बागमति आयल ईण्डिट्रिजले २०५९ सालदेखि सेलो ट्रेडमार्क उद्योग विभागमा दर्ता गराई सूर्यमुखी तेलको उत्पादन गर्दै आएको छ । अर्कोतर्फ हेलो ब्राण्ड भने २०७१ सालमा मात्र रजिष्टर भएको पाईएको छ ।

कम्पनीको नाम डिजाईन र लोगो सबै चिज चोरी गरेको भन्दै पशुपति खाद्यतेल उद्योगको उत्पादन हेलो आयलविरुद्ध उद्योग विभागमा उजुर समेत परेको छ । पशुपति खाद्यतेल उद्योग नेपालका जनामान व्यापारीक समुह सारडा अन्तर्गत रहेको छ । उक्त उद्योग अमित सारडाले संचालन गरिरहेका छन् । यति ठुलो समुहमा जोडिएको उद्योगले अरुको ब्राण्ड चोरी गरेर उत्पादनहरु बजारमा विस्तार गरेपछि व्यापरी तथा उपोभोक्ता वृतमा अहिले सारडा गु्रपको आलोचना भईरहेको छ । सरडा गु्रपको अमित सारडा निर्देशक समेत हुन् ।

कसैले दशकौं मेहनत गरेर बनाएको कम्पनीको ब्राण्ड चोरी गरी नँया उत्पादन बजारमा बिस्तार गर्नु निष्ठानवान् उद्योगीको नैतिकता समेत होइन । कानुनः पनि कसैको ट्रेडमार्क चोरी गर्नु दण्डिनिय विषय हो । पेटण्ट डिजायन र ट्रेडमार्क ऐन २०२२मा अरुको कसैको नाममा दर्ता भएको ट्रडमार्क कानुनी रुपमा नामसारी नगरी प्रयोग गर्नु दण्डिनिय काम हुने उल्लेख गरेको छ । त्यसैगरी सोही ऐनमा अरु कम्पनीसँग लोगो र डिजाईन मिल्ने गरी कुनै पनि कम्पनीले ट्रेडमार्क प्रयोगमा ल्याउनुलाई गरैकानुनी भनेको छ ।

सोही प्रकारको विवाद “भोला” र “मौका” दुई फरक गुड्का उत्पादक विच समेत देखिएको छ । मौका गुड्काले भोला गुड्काको डिजाईन डिट्टो मिल्ने गरी चोरी गरेको आरोप छ । भोला गुड्का श्रीराम टोब्याको उद्योगाले बुटवलबाट उत्पादन गरीरहेको छ भने मौका गुट्का नारायणराज प्रडक्ट कम्पनीले झापाबाट उत्पादन गरीरहेको छ । भोला गुड्काले पनि आफ्नो ट्रडमार्क चोरी गर्ने उद्योगहरुको विरुद्ध मुद्दा दायार गर्ने तयारी गरिरहेको बुझिएको छ ।
यस बाहेकपनि नेपालमा स्वेदशीकै थुप्रै कम्पनीहरुले एकआर्काको ट्रेडमार्क चोरी गरीरहेको तर सरकारको अनुगमन निति फितलो भएको कारण उत्पादकहरुको ट्रर्डमार्क कपीराईटको अधिकार सुनिश्चित नभएको उद्योगीहरुको गुनासो छ ।
अब, उपोभोक्ताले नै चोर कम्पनीहरुको उत्पादनलाई बहिस्कार गरी कपीराईटको अधिकारलाई सुनिश्चित गराउनु जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]

भक्तपुर, जेठ ८ । शारीरिक स्फूर्ति, मानसिक सन्तुलन र सौन्दर्यप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्दै भिआईपी स्पाले भक्तपुरको राधेराधेमा नयाँ शाखा सुरु गरेको छ। झाक्री प्रकाश भुजेलको प्रमुख आतिथ्यमा शनिबार एक विशेष समारोहका बीच स्पाको विधिवत् उद्घाटन गरिएको हो। उद्घाटनलगत्तै सेवा सुरु भएको स्पामा पहिलो दिनमै उल्लेख्य संख्यामा ग्राहकहरूको घुइँचो देखिएको छ। काठमाडौंको जोरपाटीमा सफलतापूर्वक सञ्चालन […]