०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

दानाको मूल्य वृद्धि बिरोधमा कुखुरा पालक किसानहरु

Logo

विराटनगर ,चैत्र १
सरकारले कुखुरालाई खुवाउने दानाको मूल्य वृद्धि गरेको भन्दै नेपाल कुखुरा पालक किसान संघले मूल्य फिर्ताको माग गरेको छ । दानाको मूल्य वृद्धि तथा चल्ला उत्पादन लागत मूल्य भन्दा ११० प्रीतशत मूल्य वृद्धि गरेको भन्दै उनीहरुले फिर्ताको माग गरेका हुन ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष झनकप्रसाद पौडेलले बिनाकारण मूल्य वृद्धि गरेको र प्रति चल्ला उत्पादन लागत मूल्य भन्दा ११० प्रतिशत मूल्य वृद्धि तथा गुणस्तरहित चल्ला उत्पादनको कारण किसानहरु मर्कामा परेको भन्दै फिर्ताको माग गरेको उनले बताएका छन् ।
साथै संघले किसान प्रेमी सबैलाई आ–आफ्नो पायक पर्ने जिल्ला, क्षेत्र, स्थानीय तहमा आन्दोलनको तयारीमा रहन पनि अनुरोध गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]